थप समाचारशुक्रबार, साउन १, २०७२
दाउन्नेमा बस र ट्रक ठोक्किदा आठको मृत्यु, आठ घाइते
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने उकालोमा १ साउन विहान भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट दाङतर्फ गइरहेको ना४ख ५१४३ नम्बरको रात्रि बस र विपरीत दिशातर्फ गुडिरहेको युपी ३२ डिएन ८५४ नम्बरको भारतीय ट्रक एकआपसमा ठक्कर खाँदा घटनास्थलमै ६ जनाको मुत्यु भएको हो ।
मृत्यु हुनेमा चार महिला चार पुरुष छन् । ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका लागि चितवनको भरतपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । मृत्यु हुनेहरुको भने नाम ठेगाना खुल्न सकेको छैन ।
दुर्घटनामा दाङ घोराही नगरपालिका–५ का २७ वर्षीय शरण नरेश नेपाली, दाङ बिजौरी– ३ का सुभाष नेपाली, कावासोती –२ की सुस्मिता ढकाल, रुपन्देही हात्तिफर्साटिक–८ का ३० बर्षीय गोपाल रेग्मी, गोर्खा घ्यालचोकका २७ वर्षीय विनोद अधिकारी, चितवन भउनपा– २ का ४५ वर्षीय एक बहादुर खत्री र ट्रक चालक भारत देवरीया कंचनपुर गाउँ उत्तर प्रदेशका ५१ बर्षका ब्यास शर्मा रहेको प्रहरीले जनाएको छ ।
बस कुच्चिएकाले बस भित्र मान्छे हुन सक्ने डिएसपी परशुराम तिवारीले बताए ।
दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बढ्ने सक्ने आशङ्का गरिएको छ । उकालोमा दुर्घटना भएकाले उद्धारमा समेत कठिनाइ भएको प्रहरीले जनाएको छ ।
विद्रोही गिरी, नवलपरासी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
