थप समाचारशुक्रबार, साउन १, २०७२

चार दिनपछि अर्को भूकम्प

हिमालखबर

आज, १ साउन बिहान ५ बजेर ९ मिनेट जाँदा गोरखा केन्द्रविन्दु भएको भूकम्प गएको छ ।

गोरखा केन्द्रबिन्दु भएको ४ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यो १२ वैशाखमा गएको विनाशकारी भूकम्पको परकम्प हो ।

यसअघि २८ असार बेलुका ५ बजेर ३९ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएर ४.२ रिक्टर स्केलको परकम्प गएको थियो ।

भूकम्प गएको तीन महिना पुग्न लाग्दासमेत परकम्प जाने क्रम नरोकिए पनि क्रमिक रुपमा कम हुँदै गएको छ ।
‘गोरखा भूकम्प’पछि ४ रिक्टर र त्यसमाथिको झन्डै ४०० परकम्प गइसकेका छन् ।

quake

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>