Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
वीरगञ्ज भन्सारद्वारा लक्ष्य भन्दा बढी राजश्व अशुली - Himalkhabar.com

अर्थ/बजारशुक्रबार, साउन १, २०७२

वीरगञ्ज भन्सारद्वारा लक्ष्य भन्दा बढी राजश्व अशुली

हिमालखबर

१२ बैशाखमा गएको विनासकारी भूकम्पका कारण तीन महिनासम्म लगातार राजश्व अशुली प्रभावित भए पनि वीरगञ्ज भन्सार कार्यालयले विभागले दिएको लक्ष्य भन्दा बढी राजश्व अशुली गर्न सफल भएको छ ।

मुलुकको प्रमुख नाकाको रुपमा रहेको वीरगञ्ज भन्सार कार्यालयले लक्ष्य भन्दा ५७ करोड ७७ लाख ६६ हजार रुपैया बढि राजश्व संकलन गरेको हो ।

आर्थिक वर्ष २०७१÷०७२ का लागि भन्सार विभागले ९१ अर्ब ५ करोड ८ लाख १२ हजार रुपैया राजश्व संकलन गर्न लक्ष्य दिएको थियो ।

वीरगन्ज भन्सार कार्यालयले लक्ष्य भन्दा शुन्य दशमलव ६३ प्रतिशत बढी अर्थात ९१ अर्ब ६२ करोड ८५ लाख ७८ हजार रुपैया राजश्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मित्रलाल रेग्मीले जानकारी दिए ।

१२ बैशाखको भूकम्पबाट मुलुकको आर्थिक क्षेत्र समेत नराम्ररी प्रभावित भएपछि पछिल्लो तीन महिना राजश्व अशुली केहि प्रभावित भएपनि लक्ष्य भन्दा बढी संकलन गर्न सफल भएको उनले सुनाए ।

कार्यालयको तथ्याङ्क अनुसार भन्सार कर तर्फ ३५ अर्ब ८५ करोड ४९ लाख ६४ हजार ,मुल्य अभिवृद्धि कर तर्फ ३६ अर्ब ८८ करोड ८४ लाख ९७ हजार र अन्त शुल्क तर्फ १७ अर्ब १६ करोड ३८ लाख ३२ हजार रुपैया राजश्व अशुली भएको छ । वीरगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७०÷०७१ मा भने भन्सार विभागले दिएको लक्ष्य भन्दा शुन्य दशमलब ०३ प्रतिशतले बढि राजश्व संकलन गरेको थियो ।

भन्सार विभागले ७९ अर्ब ३२ करोड २७ लाख ८४ हजार राजश्व संकलन गर्न लक्ष्य दिएकोमा उसले लक्ष्य भन्दा दुई करोड ३६ लाख ११ हजार रुपैया बढि अर्थात कुल ७९ अर्ब ३४ करोड ६३ लाख ९५ हजार रुपैया राजश्व संकलन गरेको थियो ।

सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>