थप समाचारशनिबार, साउन २, २०७२
इराकमा विष्फोटः कम्तीमा सयको ज्यान गयो
इराकको व्यस्त बजारमा बम विष्फोट हुँदा कम्तिमा सय जनाको ज्यान गएको छ ।
राजधानी बगदादभन्दा करिब २० किलोमिटर उत्तरमा रहेको शिया मुसलमान बहुल दियाला प्रान्तको खानबानी साद बजारमा भएको कार बम विष्फोट भएको इराकी अधिकारीहरुले जनाएका छन् ।
विष्फोटबाट ठूलो संख्यामा हताहती भएपछि प्रान्तीय सरकारले तीन दिने शोकको घोषणा गरेको छ ।
इराकका विभिन्न भागहरुमा कब्जा जमाएको आतंकवादी समूह इस्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिएको छ ।
आइएसले जारी गरेको विज्ञप्तिअनुसार भीड भरिएको बजारमा तीन टन विष्फोटक पदार्थ विष्फोट गराइएको थियो । विष्फोटबाट कैयन घरहरु चर्किनुका साथै केही घर भत्किएका छन् ।
आइएसले गतवर्ष दियाला प्रान्तको केही भागमा कब्जा जमाए पनि पछि इराकी फौजले उनीहरुलाई भगाएको थियो ।
-एजेन्सी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
