खेलकुदशनिबार, कार्तिक २५, २०६९

सफल पोखरा कपको उपाधि मनाङलाई

हिमालखबर

पोखरामा २५ कार्तिकमा भएको खेलमा मनाङले मछिन्द्रलाई १–० ले हराएको हो । प्रतिस्पर्धात्मक खेलमा मनाङका निराजन मल्लले ३५ औं मिनेटमा गरेको गोल नै निर्णायक भएको थियो । मछिन्द्रका दीपक राईले २७ औं मिनेट पाएको पेनाल्टीलाई सदुपयोग गर्न सकेनन् ।

उपाधि विजेता मनाङले रु. तीन लाख पाँच हजार र उपविजेता मछिन्द्रले रु. एक लाख पचास हजार  नगद पुरस्कार प्राप्त गरे । प्रतियोगितामा तीन विदेशी सहित १३ टीम सहभागी थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>