अर्थ/बजारशनिबार, साउन २, २०७२

सरकारी स्वामित्वका वित्तीय संस्था नाफामा

हिमालखबर

adbसरकारी स्वामित्वमा रहेका नौ वटा वित्तीय संस्थाले गत आर्थिक वर्षमा उल्लेख्य मुनाफा गरेका छन् ।

अघिल्लो आव २०७०/७१ को तुलनामा गत आवमा सञ्चालन आयमा १५.९८ प्रतिशतको सञ्चालन आय वृद्धि गरेको सार्वजनिक संस्थानको वार्षिक समीक्षा २०७२ मा उल्लेख छ । सो अवधिमा ती संस्थाको कुल सञ्चालन आय रु २७ अर्ब ७८ करोड ४६ लाख पुगेको छ ।

यी संस्थाले आव अघिल्लो आवमा रु पाँच अर्ब ७५ करोड ५८ लाख खुद नाफा गरेकामा गत आवमा रु छ अर्ब ३६ करोड ८७ लाख खुद नाफा गरेको हो ।

यस अवधिमा राष्ट्रिय वाणिज्य बैंकले रु एक अर्ब ८३ करोड ३७ लाख, कृषि विकास बैंकले रु एक अर्ब ४९ करोड १८ लाख र एनआइडिसी डेभलपमेन्ट बैंकले रु एक अर्ब २५ लाख नाफा गरेका छन् ।

यस क्षेत्रका संस्थानको खुद स्थिर सम्पत्ति रु दुई अर्ब ८३ करोड १२ लाख र सेयरधनी कोष रु ३६ अर्ब ४९ करोड ८३ लाखले धनात्मक छ ।

यस क्षेत्रको कर्जा÷लगानी रकम वृद्धि भएर उक्त अवधिमा रु दुई खर्ब २५ अर्ब ७९ करोड २१ लाख पुग्नेछ । बैंक तथा वित्त क्षेत्रमा सरकारको गत आवमा रु २० अर्ब ५६ करोड ७९ लगानी र दुई अर्ब ८१ करोड ८७ लाख ऋण लगानी छ ।

यस क्षेत्रबाट रु छ हजार ४१८ ले प्रत्यक्ष रोजगारी पाएका छन् भने कुल प्रशासकीय खर्च वार्षिक रु सात अर्ब ४४ करोड ९१ लाख छ ।

कृषि विकास बैंक, वाणिज्य बैंक, राष्ट्रिय बिमा संस्थान, एनआइडिसी, डेभलपमेन्ट बैंक, निक्षेप तथा कर्जा सुरक्षण निगम, नेपाल आभास फाइनान्स लिमिटेड, नेपाल स्टक एक्सचेन्ज, नागरिक लगानी कोष र जलविद्युत् लगानी तथा विकास कम्पनीमा सरकारको अधिकांश स्वामित्व छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>