Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अँगालो अभियान - Himalkhabar.com

थप समाचारआइतबार, साउन ३, २०७२

अँगालो अभियान

हिमालखबर

आफ्नै कथा–व्यथा बोकी हिंडिरहेकालाई एक्कासी अँगालो मार्ने प्रस्ताव अनौठो हो । तर, बाटो लाग्दा उनीहरूको अनुहारमा मुस्कान देखिन्छ ।

तस्वीर: रौनक श्रेष्ठ

तस्वीर: रौनक श्रेष्ठ

बाटोमा एकसुरले हिंडिरहेका वेला कोही ‘अँगालो मारौं’ भन्दै आए तपाईंलाई कस्तो लाग्ला ? “महिलाहरू हिचकिचाए”, आर्यन रिजाल (१७) भन्छन्, “तर, युवतीहरूले चाहिं अप्ठ्यारो मानेनन् ।”

१९ असार (४ जुलाई) मा काठमाडौंको बसन्तपुर, ठमेल, दरबारमार्ग र ललितपुरको झम्सिखेलमा ‘फ्रि हग्स्’ अर्थात् ‘सित्तैंमा अँगालो’ अभियान नै चल्यो । त्यहाँ केही युवा हातमा ‘फ्रि हग्स्’ लेखेको प्लेकार्ड सहित बाटोमा उभिएका थिए । र, पैदल यात्रीसँग हग (अँगालो) मार्दै ‘तपाईंको दिन शुभ होस्’ भनिरहेका थिए । शुभेच्छा सहित यात्रु मुस्कुराउँदै बाटो लागेको श्रव्य–दृश्य युट्युबमा हेर्न सकिन्छ ।

“जुलाइको पहिलो शनिबार अन्तर्राष्ट्रिय ‘फ्रि हग्स् डे’ हो”, हगिङ अभियानमा संलग्न स्पन्दन मरासिनी (१७) भन्छन्, “हामीले यो दिवस मनाएको पाँच वर्ष भइसक्यो ।” अष्ट्रेलियाली जुआन म्यानले सन् २००४ मा ‘फ्रि हग्स्’ अभियान थालेका थिए, जुन अहिले विश्वभर फैलिंदो छ ।

तर, हगलाई अँगालो भनिए पनि विदेश र नेपालमा यसको शैली फरक छ । विदेशमा सामान्य गर्लम्म अँगालो हामीकहाँ भने विवाहमा आमा–छोरी, दिदीबहिनी र दुःखमा परिवारका सदस्यलाई सहानुभूति दिन खासगरी महिलाहरूमा प्रयोग भएको पाइन्छ । सामान्य अँगालोको नेपाली अभ्यास आफ्नै तरीकाको छ । नेपालीहरू हग गर्दैनन् बरु अँगालो मार्छन् । अँगालो मारेर सँगसँगै हिंड्न पनि सक्छन् ।

स्पन्दन र उनका दाजुले जुआनकै भिडियो हेरेर ‘फ्रि हग्स्’ बारे थाहा पाएका र सन् २०११ देखि नेपालमा यसको सुरुआत गरेका थिए ।

‘फ्रि हग्स्’ टोलीमा अहिले स्पन्दनसँगै सिरिग गुरुङ (१६), रौनक श्रेष्ठ (१७), रुपक भट्ट (१७), आर्यन रिजाल (१७), अभिषेक सञ्जेल क्षेत्री (१७), अमिर महर्जन (१८) र डेनिश कटुवाल (१९) छन् । आ–आफ्नै कथा–व्यथा बोकेर हिंडेकाहरूलाई एकछिन रोकेर अँगालो मारेर पठाउँदा उनीहरू दंग पर्ने टोलीका फोटोग्राफर रौनकले देखेका छन् ।

free_hug

तस्वीर: रौनक श्रेष्ठ

उनी भन्छन्, “हग गरिसकेपछि लगभग सबै जना हाँसिरहेका र उत्साही देखिन्छन् ।” अभियानका सदस्य अभिषेक तनाव मुक्त गर्न र खुशी बाँड्न अंकमाल राम्रो विकल्प हुनसक्ने दाबी गर्छन् ।

दिनभरमा एक हजारभन्दा बढीसँग अँगालो मारेका आर्यनले अनेकथरी मान्छेसँग अन्तरक्रिया गर्न पाउँदा रमाइलो लागेको बताए । “धेरै मान्छेलाई हगको अर्थ थाहा रहेनछ”, उनी भन्छन्, “कसैले हगलाई हाउस (घर) भन्ठाने भने कोही त ‘फ्रि हग’ अर्थात् ‘सित्तैंमा दिसा गर’ भन्ने सम्झेर ‘कहाँ गर्ने ?’ भन्दै सोध्थे ।”

‘फ्रि’ शब्दले भने धेरैलाई आकर्षित गरेको समूहको बुझाइ छ । ‘के फ्रि हो ?’ भन्दै सिरिगतिर आएकी अधबैंसे महिलाले अँगालो मार्न पाइने थाहा पाएपछि तमिज नभएको भन्दै झपार्न थालिन् । झोंछेका नेपाली भाषा नबुझ्ने स्थानीयलाई रौनकले नेपाल भाषामा आधा घण्टा लगाएर अभियानबारे बुझाउनु परेको थियो ।

आफ्नो अभियानलाई अधिकांशले रुचाएको पाएपछि समूह हौसिएको छ । अष्ट्रेलिया लगायतका देशमा जुलाईको पहिलो शनिबारदेखि अगष्टको पहिलो सातासम्म मनाइने यो दिवस नेपालमा पनि एक महीना नै मनाउनेबारे उनीहरू सोचिरहेका छन् । तर, यो अभियान अरूले पनि थाल्नुपर्ने स्पन्दनको भनाइ छ । उनी भन्छन्, “यो साल हामीले गर्‍यौं । अर्को वर्ष अरूले गरे हामीलाई खुशी लाग्छ ।”
-सजना बराल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>