समाचारआइतबार, साउन ३, २०७२
मस्यौदामा राय सुझाव दिन मन्त्री रिजालको आग्रह
सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले संविधानको मस्यौदामा राय सुझाव दिन कार्यकर्तालाई आग्रह गगरेका छन् ।
“यस्तो मौका फेरि–फेरि नआउन सक्छ, बढीभन्दा बढी राय सुझाव दिनोस्”, मन्त्री रिजालले भने । उनले मस्यौदा अध्ययन गरेर जोडदार सुझाव दिन आग्रह गरे ।
पाँचथर पुगेका मन्त्री रिजालले नयाँ बन्ने संविधानले सबैको अधिकार सुनिश्चित हुने र लोकतान्त्रिक संविधान बन्ने विश्वास व्यक्त गरे । उनले भने, “आफूलाई चित्त नबुझेका विषयमा पनि संविधानमा सुझाव दिन पाइन्छ, सबैको सहभागिता होस् भनेर सभासद् टोली सुझाव लिन जिल्ला जिल्ला आएका छन् ।”
-लक्ष्मी गाैतम
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>