समाचारआइतबार, साउन ३, २०७२

सुझाव संकलन गर्न एमाओवादीले कार्यकर्ता परिचालन गर्ने

हिमालखबर

एमाओवादीले नयाँ संविधानको प्रारम्भिक मस्यौदामा जनताको सुझाव संकलन कार्यमा कार्यकर्ता परिचालन गर्ने भएको छ ।

केन्द्रीय मूख्यालय पेरिसडाडाँमा बसेको संयुक्त मोर्चाको बैठकले सुझाव संकलन कार्यमा सवै जनवर्गीय संगठन परिचालन गर्ने निर्णय गरेको छ ।

एमाओवादीले अहिलेसम्म भएको राजनीतिक सहमति र पार्टी नीति अनुसार सुझाव दिन कार्यकर्तालाई निर्देशन पनि दिएको छ ।

मोर्चा विभागका प्रमुख पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन् । २५ असारदेखि शुरु भएको सुझाव संकलन कार्य ७ साउनसम्म चल्नेछ । ४ र ५ साउनमा सभासदहरुले निर्वाचन क्षेत्र स्तरीय कार्यक्रममार्फत सुझाव लिनेछन् भने इमेल, फोन, पत्र इत्यादीबाट सुझाव संकलन गर्ने व्यवस्था गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>