समाचारआइतबार, साउन ३, २०७२

सबैको सहमतिमा संविधान जारी हुन्छ: प्रधानमन्त्री

हिमालखबर

प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माण प्रक्रियाको विरोध गरिरहेका र संविधानसभाबाहिर रहेका सबै दललाई सहमतिमा ल्याएर संविधान जारी गरिने दाबी गरेका छन् ।

५३औँ इन्जिनियर्स दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री कोइरालाले अब बन्ने संविधानमा सबैका हकअधिकार सुनिश्चित हुने भएकाले सबै दल सहमतिमा आउने विश्वास व्यक्त गरे ।

मुलुकमा लामो समयदेखि राजनीतिक अस्थिरता र अशान्ति भएकाले विकास अवरुद्ध हुन पुगेको स्मरण गर्दै प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “अहिले सबै दलका नेतामा देशप्रति चिन्ता छ, तसर्थ अब मुलुकले छिट्टै निकास पाउनेछ ।”

भूकम्पपछिको पुनः निर्माण र नवनिर्माणमा इन्जिनियर तथा अन्य प्राविधिक जनशक्तिको ठूलो महत्व हुने बताउँदै उनले लामो समयदेखि मुलुकमा रहेको सङ्क्रमणको अन्त्य गरी सबैलाई विकास निर्माणतर्फ ध्यान केन्द्रित गर्न आग्रह गरे ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बिमलेन्द्र निधिले भूकम्पलगत्तै इन्जिनियरले सर्वसाधारणका घर–घरमा पुगेर प्रारम्भिक जाँच गरी बस्न मिल्ने/नमिल्ने जानकारी दिएर ठूलो गुन लगाएको बताउनुभयो ।

मन्त्री निधिले प्रदेशको सीमाङ्कन गरेर मात्र संविधान जारी हुनुपर्ने धारणा राख्दै संविधानको मस्यौदामा विद्यमान नागरिकतासम्बन्धी प्रावधान पक्षपाती भएको उल्लेख गरे ।
रासस

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>