थप समाचारआइतबार, साउन ३, २०७२

अज्ञात रोगले दुईको मृत्यु

हिमालखबर

सप्तरीको रामनगर कोदरकट्टी–३, मा देखा परेको अज्ञात रोगबाट दुई जनाको मृत्यु भएको छ भने १६ विरामी छन् ।

रुने, कराउने, मुर्छा पर्ने, बेहोस हुने र रिङ्गटा लागेर अचेत हुने उक्त रोगबाट ३० बर्षीय सुनिता सदाय र ५५ बर्षीय मखनीदेवी सदायको मृत्यु भएको छ । विरामी सुनिताको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

एक साता यता देखिएको उक्त रोगबाट अहिले १६ जना विरामी परिसकेका छन् । महामारीका रुपमा रोग फैलिन थालेपछि इलाका स्वास्थ्य चौकी रामनगरबाट स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ ।

स्वास्थ्यकर्मीहरुले उक्त रोग नियन्त्रणमा आउन थालेको बताएका छन् । तर, स्थानीयले भने रोग सर्न नरोकिएको बताएका छन् ।

-श्रवणकुमार देव, राजविराज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...