Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
साताका खेलकुद गतिविधि - Himalkhabar.com

खेलकुदशनिबार, कार्तिक २५, २०६९

साताका खेलकुद गतिविधि

Sandesh Panta

सफल पोखरा कप जितेपछि लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीका खेलाडीहरु । तस्बीरः छवि मगर/पोखरा

सफल पोखरा कप मनाङ मर्स्याङ्ग्दीले जितेको छ । मच्छिन्द्रलाई १-० हराउँदै उपाधि हात पारेको मनाङले रू‍ तीन लाख पाँच हजार प्राप्त गरे । प्रतियोगीतामा सहभागी १३ टीम मध्ये मनाङ मर्स्याङ्ग्दी, एनआरटी, मच्छिन्द्र र यति हिमालायन शेर्पा क्लब सेमीफाइनलमा पुगे । अन्तिम चारमा मनाङले एनआरटीलाई १-० ले तथा मच्छिन्द्रले यति हिमालायनलाई ३-१ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित बनाएका थिए ।
यसवर्षको सोल्टी सुपर सिक्सेज एनएमबी ब्याङ्कले जितेको छ । २४ कार्तिकमा भएको फाइनलमा एनएमबी बैंकले सेन्चुरी ब्याङ्कलाई १९ रनले हराउँदै उपाधि हात पारेको हो । सेमीफाइनलमा एनएमबी बैंकले भारतिय दुतावासलाई तथा सेन्चुरी ब्याङ्कले नेपाल ब्याङ्कलाई हराएका थिए । ब्याङ्क अफ एसियाका अमित श्रेष्ठ, सेन्चुरी ब्याङ्कका साकार लाल श्रेष्ठ र एनएमबी ब्याङ्कका रबिन्द्र चन्दले क्रमश: सर्वोत्कृष्ट बलर, ब्याट्स्मन तथा म्यान अफ द सिरिजको पुरस्कार पाएका थिए ।
फिफाले यसै हप्ता सार्वजनिक गरेको वरियतामा नेपाल ४ स्थान खस्किँदै १६९ औँ स्थानमा आएको छ । दक्षिण एसियामा मल्दिभ्स अग्रस्थानमा छ भने नेपाल र भारत संयुक्त रुपमा दोस्रो स्थानमा छन् । स्पेन प्रथम्, जर्मनी दोस्रो र अर्जेन्टिना तेस्रो स्थानमा छन । ब्राजिल १३ औँ, आइभोरी कोष्ट १५ औँ, फ्रान्स १८औँ,  बेल्जियम २० औँ र जापन २४ औँ स्थान मा छन् ।
सिक्किममा जारी गभर्नर्स गोल्डकप फुटबलको सेमीफाइनलमा अनिल ओझाको दुई गोलको मद्दतले कोलकाताको भवानीपुर फूटबल क्लबलाई २-१ ले हराउँदै थ्रि स्टार क्लब फाइनलमा प्रवेश गरेको छ । फाइनल २६ कार्तिकमा हुनेछ ।
अन्तराष्ट्रिय
इङ्लिश प्रिमियर लिगमा चेल्सीलाई अघिल्लो सप्ताहान्तमा झट्का लागेको छ । स्वान्सीसँगको खेल १-१ को बराबरीमा चित्त बुझाएपछि उसलाई म्यानचेस्टर युनाइटेडले अंक तालिकामा उछिनेको छ । आर्सनललाई २-१ ले हराएको युनाइटेड २४ अंक सहित पहिलो स्थानमा छ भने चेल्सी २३ अंक सहित दोस्रो र वेस्ट ह्यामसँग गोल रहित बराबरी खेलेको सिटी २२ अंक सहित तेस्रो स्थानमा छ । एभर्टन, टट्न्हम, आर्सनल र फुल्हमले अंक गुमाएको फाइदा वेस्ट ब्रोमले लिना पुग्यो । साउथम्प्टनलाई २-० ले हराएपछि ऊ १७ अंक सहित पाँचौ स्थानमा आइपुगेको छ ।

स्पेनिश ला लिगाको अंक तालिकाको माथिल्लो स्थानमा केहि परिवर्तन भएन । रियाल मड्रीड बार्सिलोना ले आ- आफ्नो खेल जिते तापनि दोस्रो स्थानको एट्लेटिको मड्रीड भ्यालेन्सिया सँग २-० ले पराजित हुन पुग्दा ऊ र रियाल बीचको अंक दुरी केहि छोट्टिन पुगेको छ । बार्साको २८, एट्लेटिको को २५, रियालको २० र रियल बेटिसको १९ अंक छ ।
इटलियन सिरी आमा भने यो हप्ता युवेन्टसको अविजित यात्रा माथि पुर्णविराम लागेको छ । ४९ खेलसम्मको अपराजित यात्रा इन्टर मिलनले रोकेको हो । अघिल्लो सिजन एउटा खेल पनि नहारी विजेता बनेको युवेलाई इन्टरले उसकै घरेलु मैदानमा ३-१ ले हराउँदै अंकको दुरी एकमा घटायो । युवे २८ अंक सहित प्रथम र इन्टर २७ सहित दोस्रो स्थानमा छन् । नापोलीको २३ र फिओरेन्टिनाको २१ अंक छ । एसी मिलानले ५-१ ले आफ्नो खेल जिते पनि ऊ दशौँ स्थानमा छ ।
युएफा च्यम्पियन्स लिगको चौथो राउन्ड (म्याच डे ४) को आफ्नो खेल जित्दै म्यानचेस्टर युनाइटेडले अन्तिम सोर्हमा स्थान सुरक्षित बनाएको छ । एफसी पोर्टो र मालागाले आ- आफ्ना खेल बराबरी गरेपनि अन्तिम सोह्रमा स्थान लगभग पक्का गरेका छन् । युनाइटेडले पोर्चिगाली क्लब एससी ब्रागा विरुद्धको खेल १-० को स्थितिबाट ३-१ ले नतिजा आफ्नो पक्षमा पार्यो । यता उसको छिमेकी क्लब म्यान्चेस्टर सिटीले आयाक्ससँग १-१ को खेलेपछि उसको अन्तिम सोर्हको सम्भावना क्षीण बनेको छ । उसको समुहामा बोरुसिया डोर्ट्मन्डको आठ अंक, रियालको सात अंक र अयाक्सको ४ अंक छ । सिटीको २ अंक पाएको सिटी युरोपा लिगको लागि छनौट हुनेमा समेत शङ्का उत्पन्न भएको छ ।
समुह बी मा अर्सनलले २-० को अग्रता कायम राख्न नसक्दा शाल्कासँग २-२ को बराबरीमा चित्त बुझाउन बाध्य भयो । शाल्काको आठ, आर्सनलको सात र ओलम्पियाकोसको छ अंक छ । चेल्सी, युभेन्टस र शाख्तार डोनेस्क सम्मिलित समुह इ पनि कम रोमान्चक देखिँदैन । शाख्तार विरुद्ध अन्तिम समयमा गरेको गोलको मद्दतले चेल्सी विजयी भए पनि उ अझै सात अंक सहित दोस्रो स्थानमा सिमित छ । तेस्रो स्थानको युभेको छ अंक छ । बार्सीलोना भने सेल्टिकसँग अप्रत्यासित रुपमा २-१ को नमिठो हार चाख्न बाध्य भयो । हारका बावजुद ऊ ९ अंक सहित शिर्ष स्थानमा छ । सेल्टिकको सात र बेन्फिकाको चार अंक छ ।
फर्मुला वानको उपाधि होड गतसाताको अबुधाबी ग्राँ प्रीपछि अझ रोमन्चक बन्न पुगेको छ । किमी राइकोननले जितेको सो रेसमा फर्नन्डो अलोन्सो दोस्रो र सबस्टियन भेटल तेस्रो बनेका थिए । दुई रेस मात्र बाँकी रहेको स्थितिमा भेटलको २५५ अलोन्सोको २४५ अंक छ ।
आगामी सात इङ्ग्लन्ड र भारत बिच को टेस्ट शृन्खला सुरु हुँदै छ । पहिलो टेस्ट गते बाट खेलिनेछ । पहिलो दुई टेस्टका लागि युभराज सिंह र हरभजन सिंह लाई टोली मा बोलाईएको छ । सुरेश रैना टोली मा परेका छैनन् भने चेतेस्वर पुजारा, अजिङ्क्य रहाने टिममा परेका छन् । युवराजले अन्तिम पटक टेस्ट कृकेट अघिल्लो वर्ष नोभेएमबिएरमा खेलेका थिए भने हरभजन अघिल्लो वर्शा को भ्रमण यता टेस्ट टोलीमा परेका थिएनन् ।
दक्षिण अफ्रिकाले २००६ को सृलन्क भ्रमणमा टेस्ट शृन्खाला हारे यात घर बाहिरा टेस्ट शृन्खला हारेको छैन । र्यङ्किङ मा पहिलो नएमबिएरमा रहेको अफृका विरुद्ध अष्ट्रेलिया लाई सिरिज जित्न निकै कठिन हुने अपेक्षा गरिएको छ । बलियो प्रतिद्वन्द्वी विरुद्ध अनुभवी खेलाडीहरुको कमी उसका लागी चिन्ताको विषय बन्न सक्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>