थप समाचारसोमबार, साउन ४, २०७२
ओली बोल्दै गर्दा नारा लगाउने लिम्बुवानका कार्यकर्ता गिरफ्तार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बोल्दै गर्दा नाराबाजी र तोडफोडमा उत्रिएका लिम्बुवानका कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।
४ साउन दिँउसो १ बजे दमकको रेडक्रस सभाहलमा ओली बोलिरहँदा हलबाहिर चर्काे नारावाजी गर्दै माइक तोडफोड गर्ने संघीय लिम्बुवान पार्टी नेपालका सन्तोष तुम्बापो र ध्रुब लावतीलाई गिरफ्तार गरेको हो ।
नारावजी गर्दै हलभित्र पस्न खोजेका लिम्बुवान कार्यकतर्तालाई प्रहरीले गेटमै रोकेका थिए । हल बाहिर मुलुकलाई संबैधानिक रुपमै हिन्दु राष्ट्र घोषणा गर्न माग गरिरहेको राप्रपा नेपाल र लिम्बुवान पार्टीका कार्यकर्ताले मस्यौदा जलाएका थिए ।
सुझाव लिन एमाले अध्यक्ष ओली र नेपाली कांग्रेस सभासद महेन्द्राकुमारी लिम्बु दमक पुगेका थिए ।
यता, झापा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला सहभागी कार्यक्रममा झडप भएको छ । सामुदायिक भवनभित्र सुझाव संकलन भएपनि राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबिच झडप भएको छ ।
प्रदर्शनकारीले ढुंगा र ईटा प्रहार गरेका थियो भने प्रहरीले लाठी चार्ज गरेको थियो । केही प्रदर्शनकारी सामान्य घाइते भएका छन् । राप्रपा नेपाललगायतको समूहले बाहिर नारा जुलुस र प्रदर्शन गरिरहेको छ भने गेटमा प्रहरी तैनाथ छन् ।
-गोपाल गडतौला, झापा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
