थप समाचारसोमबार, साउन ४, २०७२

पूर्व सभासद् र इन्सपेक्टरसहित १५ घाइते

हिमालखबर

2222महोत्तरीको ६ वटै निर्वाचन क्षेत्रमा सुझाव संकलनका क्रममा झडप भएको छ ।

झडपमा प्रहरी निरीक्षकसहित १५ जना घाइते भएका छन्, भने पूर्व सभासद कौशलकुमार यादवसहित १२ कार्यकर्ता घाइते भएका छन् । क्षेत्र नम्बर ५ का राय सुझाव सङ्कलन केन्द्र रामगोपालपुर उच्च माविमा विरोध गर्न गएका पूर्व सभासद् कौशलकुमार यादव घाइते भएका छन् ।

त्यस्तै, क्षेत्र नम्बर ४ को सङ्कलन केन्द्र मनरा उमाविका प्रहरी निरीक्षक नरेश महतोको टाउको फुटेर गम्भीर घाइते भएका छन् । क्षेत्र नम्बर ३ को सङ्कलन केन्द्र जिल्ला सदरमुकाम जलेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा सद्भावना पार्टीका केन्द्रीय सदस्य रमन पाण्डेय, नागरिक समाजका देवेन्द्र चौधरी घाइते भए ।

क्षेत्र नं ३, ४ र ५ मा मधेश केन्द्रीत दलहरुले नाराजुलुस, फारम च्यात्ने, आगजनी र विरोध प्रदर्शन गरेका थिए । क्षेत्र नम्बर १ को बर्दिवासमा राय सुझाव सङ्कलन शान्तिपूर्ण अवस्थामा भएको छ भने क्षेत्र नम्बर २ को बलबामा शान्तिपूर्ण रुपमा सुझाव संकलन गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>