समाचारशनिबार, कार्तिक २५, २०६९
२७ कार्तिकमा बजेट पेश गर्ने सरकारको तयारी
राष्ट्रपतिले समेत राजनीतिक दलहरुको सहमतिविना कुनै अध्यादेश पारित नगर्ने बताएका बेला बाबुराम भट्टराई नेतृत्वको कामचलाउ सरकारले पूर्ण बजेट ल्याउने भएको हो ।
पूर्ण बजेटका लागि दलहरुबीच सहमति जुटाउन सरकार र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल संयोजक रहेको सत्तापक्षीय मोर्चाले अधिकतम प्रयास गर्ने एमाओवादी प्रवक्ता अग्नी सापकोटाले जनाएका छन् । तर, सहमति नभएको अवस्थामा पनि २७ कार्तिकमै पूर्ण बजेट राष्ट्रपति समक्ष पेश गरिने उनले वताए ।
संसद् नभएको अवस्था र सरकार पनि कामचलाउ मात्रै भएकाले बृहद् राजनीतिक सहमति गरेर मात्रै अध्यादेशहरु ल्याउन राष्ट्रपतिले बारम्बार गरेको आग्रहको समेत सत्तापक्षीय गठबन्धनले बेवास्ता गरेको छ ।
सरकारको यस्तो कार्यबाट मुलुकमा अन्यौल र द्वन्द्व अरु बढ्ने सम्भावना निम्त्याएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>