थप समाचारमंगलबार, साउन ५, २०७२

धनुषामा ५ सय लिखित सुझाव

हिमालखबर

unnamedसंयुक्त मधेशी मोर्चाको विरोध जारी भएपनि धनुषामा ५ सय लिखित सुझाव दर्ता भएको संविधानसभा सचिवालयले जनाएको छ ।

४ साउनमा क्षेत्र नं १, २, ३, ६ र ७ मा आयोजित सुझाव संकलन केन्द्रबाट ५ सय जनाले लिखित सुझाव दिएको सचिबालयका अधिकृत गणेश नायकले बताए । उनका अनुसार निर्वाचन क्षेत्र नम्बर ४ र ५ मा भने सुझाव संकलन कार्य रोकिएको छ ।

सुझाव संकलनको तथ्याङ्क सन्तोषप्रद रहेको उनले बताए । ५ साउन विहान धनुषा पुगेका २६ जना सभासद मध्ये अधिकांश उपस्थित बैठकले सुरक्षा प्रत्याभूती हुन नसकेकाले सुझाव संकलन स्थगित गर्ने निर्णय गरेको छ ।

यसैबीच, सुझाव संकलनका क्रममा झडप भएपछि तनाबग्रस्त बनेको जनकपुर आज दिनभर पनि उस्तै रह्यो ।

-ईश्वरचन्द्र झा, धनुषा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>