Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
प्रदेशको राजधानी माग - Himalkhabar.com

थप समाचारमंगलबार, साउन ५, २०७२

प्रदेशको राजधानी माग

हिमालखबर

11249152_1444298499230007_1130940920723818488_nनयाँ संविधानको सुझाव संकलन गर्न खोटाङ सदरमुकाम दिक्तेलमा आयोजित कार्यक्रमका सहभागीहरुले प्रदेशको राजधानी आफ्नो जिल्लामा पारिदिन आग्रह गरेका छन् ।

सुझाव संकलन गर्न गएका क्षेत्र नम्बर एकका सभासद पाँचकर्ण(पीके) राई र सरस्वति बजिमय तथा क्षेत्र नम्बर दुईका सभासद विशाल भट्टराईलाई सहभागीहरुले अव बन्ने प्रदेशको राजधानी खोटाङमा हुनुपर्ने माग राखेका हुन् ।

सहभागी दिलचक्र राईले भने, “प्रदेशको राजधानीका लागि उपयुक्त क्षेत्र दिक्तेल हो ।” उनले नयाँ संविधानमा ५ प्रतिशत थ्रेसहोल्ड हुनुपर्ने, युवा रोजगारलाई संविधानमै लेखिनुपर्ने, युवा परिषद् गठन हुनुपर्ने माग पनि राखे ।

अर्का, सहभागी ओमप्रकाश घिमिरेले सम्पूर्ण शिक्षा राज्यले निशूल्क व्यवस्था गर्नुपर्ने सुझाव दिए । राजनीतिक स्थीरताका लागि चाँडो संविधान आउनुपर्ने बताउँदै सहभागी सुरेन्द्रकुमार राईले भने, “सीमाकंन र नामाकंनसहितको संविधान जारी हुनुपर्छ ।”

खोटाङमा अर्खाैले, चिसापानी र खोटाङबजारमा सुझाव संकलन कार्य ४ साउनमा भएपछि आज सदरमुकाम दिक्तेलबाट सुझाव लिइएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>