थप समाचारबुधबार, साउन ६, २०७२

संविधानमा पूर्व राजाको सुझाव

हिमालखबर

तस्वीर: देवकी बिष्ट

तस्वीर: देवकी बिष्ट

विश्व हिन्दू युवा महासङ्घले राष्ट्र कल्याणको कामना गर्दै मखनस्थित महादेव मन्दिरमा गरेको क्षमा पूजामा पूर्वराजा ज्ञानेन्द्र शाह प्रमुख कर्ता भई पूजा गरेका छन् ।

उक्त कार्यक्रममा भूकम्प तथा त्यसपछिका परकम्पका कारण अकालमा मृत्युवरण गरेका व्यक्तिको आत्माको चिर शान्तिको कामनासमेत गरियो ।

पूजा सकिएलगत्तै सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै शाहले संविधानमा जनताको विचारलाई समेटनुपर्ने बताए ।

उनले संविधान सबैको साझा हुनुपर्नेमा जोड दिँदै कसैलाई काखा र कसैलाई पाखा पार्ने गरी जनताको भावनालाई उपेक्षा नगर्न राजनीतिक दल तथा नेतालाई आग्रह गरे । “केही न केही अर्को एउटा मस्यौदा पनि आओस् भन्ने हाम्रो चाहना हो,” शाहले भने, “हाम्रो नेताहरूलाई आग्रह पनि छ।”

पूर्वराजा शाहले हनुमानढोका, काष्ठमण्डप, मरु गणेस्थान र त्यस आसपास क्षेत्रको निरीक्षण समेत गरे ।

महासङ्घका प्रतिनिधि लक्ष्मी अधिकारीले भूकम्पका कारण समाजमा उत्पन्न भएको भय, त्रासलाई न्यूनीकरण गरी देशमा अनिष्ट नहोस् भनी कामना गर्दै पूजा आयोजना गरिएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>