थप समाचारबिहीबार, साउन ७, २०७२
एमाले पार्टी कार्यालय एक हप्ता पछि मात्रै सारिने
नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराहीमा एक हप्ताभित्र स्थानान्तरण गरिने भएको छ ।
मदननगरस्थित बल्खुमा बस्दै आएको पार्टी कार्यालयमा भूकम्पका कारणले क्षति पुगेपछि त्यहाँबाट कुनै काम हुन सकेको छैन ।
अहिले पार्टीले सञ्चालन गर्दै आएको कार्यालयमा जोखिम रहेकाले पूर्वतर्फका साना भवन तथा पाल राखेर पार्टीका विभिन्न कार्य हुँदै आएका छन् ।
धुम्बाराहीस्थित पासाङल्हामु शेर्पा स्मृति प्रतिष्ठानको परिसरमा पाँच वर्षका लागि पार्टी कार्यालय राखिने तयारी गरिएको पार्टीका सचिवालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।
स्थानमा आज कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा पार्टी कार्यालय स्थानान्तरणको गृहकार्य भएको भए पनि त्यहाँको भौतिक संरचनामा केही निर्माण कार्य बाँकी रहेकाले एक हप्ताभित्र स्थानान्तरण गरिने उनले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
