Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
यी हुन् विश्वका उत्कृष्ट १० विश्वविद्यालय - Himalkhabar.com

थप समाचारशुक्रबार, साउन ८, २०७२

यी हुन् विश्वका उत्कृष्ट १० विश्वविद्यालय

हिमालखबर

हार्वर्ड विश्वविद्यालय । फाइल तस्वीर: एपी

हार्वर्ड विश्वविद्यालय । फाइल तस्वीर: एपी

सेन्टर फर वर्ल्ड युनिभर्सिटी र्‍याङकिङ (सीडब्ल्यूयूआर) ले विश्वका उत्कृष्ट विश्वविद्यालयहरुको सूचि सार्वजनिक गरेको छ । उत्कृष्ट ५ मध्ये पहिलो तीनस्थानमा अमेरिकी र चौथो र पाँचौमा बेलायतका विश्वविद्यालय परेका छन् ।

१ हार्वर्ड युनिभर्सिटी (अमेरिका)
सन् १६३६ मा स्थापना भएको यो अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालय हो । ४७ नोबेल पुरस्कार विजेता, ३२ जना राष्ट्रप्रमुखहरु र ४८ जना पुलित्जर पुरस्कार विजेताहरुले यही विश्वविद्यालयमा अध्ययन् गरेका थिए ।

२१० एकडमा फैलिएको यस्को मुख्य क्याम्पस र २३ स्याटालाइट क्याम्पस साथै २ हजार ४०० फ्याकल्टी सदस्य रहेको यो विश्वविद्यालयमा सबै तहमा गरी करिब २१ हजार विद्यार्थी अध्ययनरत छन् ।

२ स्ट्यान्फोर्ड युनिभर्सिटी (अमेरिका)

यो विश्वविद्यालयको स्थापना सन् १८९१ मा रेलवे टाइकुन लील्याण्ड स्ट्यानफोर्डले १६ वर्षको उमेरमा निधन भएका आफ्नो छोराको स्मृतिमा गरेका थिए । हेवलेट प्याकर्ड र गुगलको स्थापना यसै विश्वविद्यालयका छात्रहरुले गरेका हुन् । यहाँ करिब ७ हजार अण्डरग्राजुएट र ४ हजार पोष्टग्राजुएशनका विद्यार्थीहरु अध्ययन्रत छन् ।

३ म्यासचुसट्स इन्स्टिच्यूट अफ टेक्नोलोजी (अमेरिका)
स्थापनाको १५० वर्षमा म्यासचुसट्स इन्स्टिच्यूट अफ टेक्नोलोजी –एमआईटी) ले ७० भन्दा धेरै नोबेल पुरस्कार विजेता पैदा गरेको छ, जसमध्ये ८ जना त वर्तमान फ्याकल्टी मा संलग्न छन् । १६८ एकडमा फैलिएको यसको चाल्र्स रिभर क्याम्पसमा १० हजार भन्दा अधिक विद्यार्थीलाई आर्किटेक्चर एण्ड प्लानिंग, इन्जिनियरिंग, ह्युम्यानिटिज, आर्टस एण्ड सोशल साइन्सेज, म्यानेजमेन्ट र हेल्थ साइन्सेज एण्ड टेक्नोलोजीको प्रशिक्षण प्राप्त गरिरहेका छन् ।

४ युनिभर्सिटी अफ क्याम्ब्रिज (बेलायत)
बेलायतको क्याम्ब्रिज शहरस्थित यो विश्वविद्यालय अंग्रेजी भाषी देशहरुमा दोस्रो सबैभन्दा पुरानो विश्वविद्यालय हो । यस विश्वविद्यालयमा ३१ कलेज, १०० विभाग, फ्याकल्टिज र सिंडिकेट र ६ स्कुल संवद्ध छन् । हाल १७ हजार छात्रछात्राले अध्ययन् गरिरहेको यो विश्विद्यालयमा १२० देशका १ हजार अन्तराष्ट्रिय विद्यार्थी अध्ययनरत छन् ।

५ युनिभर्सिटी अफ अक्सफोर्ड (बेलायत)
बेलायतका २६ जना प्रधानमन्त्री, विश्वका कम्तीमा पनि ३० चर्चित नेताहरुले यही विश्वविद्यालयमा शिक्षा लिएका हुन् । १३ औं शताब्दीमा स्थापना भएको यो विश्विद्यालय विश्वकै पुराना तीन विश्वविद्यालयमध्येमा पर्छ ।

६ कोलम्बिया युनिभर्सिटी (अमेरिका)
अमेरिकी राष्ट्रपति बराक ओबामाले पनि यही विश्वविद्यालयमा अध्ययन् गरेका हुन् । विश्व सबैभन्दा बढी नोबेल पुरस्कार प्राप्त गर्नेहरुमा यही विश्वविद्यालयका छात्रछात्रा पर्छन् । यसका तीन अण्डरग्राजुएट स्कुल, १३ ग्राजुएट र प्रोफेशनल स्कुलहरु छन् ।

७ युनिभर्सिटी अफ क्यालिफोर्निया, बारकली (अमेरिका)
भिटामिन ई र फ्लूको भाइरसको पहिचान यसै विश्वविद्यालयमा भएको थियो । सन् १८६८ मा स्थापना भएको यस विश्वविद्यालयका २० भन्दा धेरै फ्याकल्टी सदस्यहरुले नोबेल पुरस्कार प्राप्त गरेका छन् ।

८ युनिभर्सिटी अफ शिकागो (अमेरिका)
यस विश्वविद्यालयमा अण्डरग्राजुएट भन्दा धेरै पोष्टग्राजुएट विद्यार्थीहरु छन् । १८९० मा स्थापना भएको यस विश्वविद्यालयका १२५ रिसर्च इन्स्टिच्यूट र सेन्टरहरु छन् ।

९ प्रिन्सटन युनिभर्सिटी (अमेरिका)
यो अमेरिकाको चौथो सबैभन्दा पुरानो कलेज हो । ९८ देशका करिब ७ हजार ५०० विद्यार्थीले अध्ययन् गरिरहेको यो विश्वविद्यालयमा ११ हजार फ्याकल्टी सदस्य र ३४ विभाग साथै स्कुल अफ आर्किटेक्चर, स्कुल अफ इन्जिनियरिंग एण्ड अप्लाइड साइन्सेस र वुड्रो विल्सन स्कुल अफ पब्लिक एण्ड इन्टरनेशनल अफेयर सामेल छन् ।

१० कर्नेल युनिभर्सिटी (अमेरिका)
एन्ड्रेउ डिक्सन बाइटले सन् १८६५ मा वंश र धर्मको भेदभाव बिना समतामुलक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ कर्नेल युनिभर्सिटीको स्थापना गरेका थिए । ६ हजार फ्याकल्टी सदस्य रहेको यो विश्वविद्यालयमा अहिले करिब २० हजार छात्रछात्रा अध्ययन्रत छन् ।

त्यसैगरी सेन्टर फर वर्ल्ड युनिभर्सिटी र्‍याङकिङ (सीडब्ल्यूयूआर) को सूचिमा उत्कृष्ट ११, १२, १४, १५, १६, १८, १९ औं विश्वविद्यालय पनि अमेरिकाकै छन् ।

१३ औं उत्कृष्टमा जापानको युनिभर्सिटी अफ टोकियो र १७ औंमा जापानकै युनिभर्सिटी अफ क्योटो छन् भने २० औंमा स्विजरल्याण्डको स्विस फेडरल इन्स्टिच्यूट अफ टेक्नोलोजी इन जुरिच छ ।

छिमेकी मुलक चीनको पेकिङ युनिभर्सिटी ५६ औं र सिन्ह्वा युनिभर्सिटी ७८ औं मा परेका छन् भने चीनका २७ वटा विश्वविद्यालय उत्कृष्ट ५०० भित्र परेका छन् ।

भारतभित्र  १ नम्बरमा रहेको इन्डियन इन्स्टिच्यूट अफ टेक्नोलोजी (आइआईटी) विश्व र्‍याङकिङमा ३४१ औं नम्बरमा छ । योसँगै युनिभर्सिटी अफ देल्ही (३७९), इन्डियन इन्स्टिच्यूट अफ साइन्स (४४८) र पञ्जाब युनिभर्सिटी (४९१) गरी भारतका चारवटा विश्वविद्यालय उत्कृष्ट ५०० भित्र परेका छन् ।

नेपालका कुनै पनि विश्वविद्यालय उत्कृष्ट १००० भित्र पनि परेका छैनन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>