थप समाचारबिहीबार, साउन ७, २०७२
प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न वाइसिएलको माग
एमाओवादीको युवा संगठन योङ कम्युनिस्ट लिग ९वाइसिएल०ले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थासहितको शासकीय स्वरुप अँगाल्नुपर्ने माग राखेको छ ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई ज्ञापनपत्र बुझाउँदै नयाँ संविधानलाई युवामैत्री बनाउन र प्रत्यक्ष कार्यकारी प्रमुख प्रधानमन्त्री वा राष्ट्रपति जुनसुकै भए पनि प्रत्यक्ष निर्वाचित हुनुपर्ने व्यवस्था गर्न आग्रह गरेको हो ।
राज्यका हरेक निकायमा युवा सहभागिता बढाउनुपर्ने, ३५ वर्षको युवकले प्रधानमन्त्री वा राष्ट्रपतिको उम्मेदवार बन्न पाउनुपर्ने, ७० वर्ष काटेकाले ती दुवै पदमा उम्मेदवार दिन नपाउने व्यवस्था गर्न ध्यानाकर्षण गराइएको छ । वाइसिएलले राष्ट्रिय युवा आयोगलाई अधिकारसम्पन्न बनाउन माग गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>