थप समाचारशनिबार, साउन ९, २०७२

विदेशीले मर्छ भनेकालाई नेपालीले बचाए

हिमालखबर

-शब्द/तस्वीरः देबकी विष्ट

IMG_1406 ७२ घण्टा भन्दा बढी नबाच्ने निर्क्याैल गर्दै अफगानिस्तानस्थित गार्जियन मेडिभेक अस्पतालका डाक्टरहरुले खड्ग गुरुङ (४०) लाई नेपाल पठाई दिए । मर्नुअघि आफन्त भेट्ने खड्गको इच्छा अनुसार २९ जेठमा एयर एम्बुलेन्सबाट काठमाडौं ल्याइएपछि उनलाई ग्राण्डी अस्पतालमा राखियो ।

सुन्दरबजार लमजुङबाट खड्गलाई भेट्न ग्राण्डी आइपुगेकी श्रीमती धनमाया भन्छिन्, “आन्द्रा कुहिएको भनिएको उहाँ (खड्ग) अस्पतालमा राख्दा पनि बेहोस् नै हुनुहुन्थ्यो ।” सात बर्षअघि अफगानिस्तान पुगेका खड्गलाई अचानक पेट दुखेपछि अस्पताल भर्ना गरिएको थियो । त्यसपछि दुई पटक शल्यक्रिया गरेपछि त्यहाँका डाक्टरहरुले बचाउन नसकिने भन्दै नेपाल फर्काइदिए ।

IMG_1402श्रीमती गुरुङ सुनाउँछिन्, “विदेशका डाक्टरले बाँच्दैन भनेको मान्छे, तर पनि नेपालका डाक्टरले बचाई दिए हुन्थ्यो भन्ने लागिरहन्थ्यो ।” अफगानिस्तानमा दुई पटक शल्यक्रिया असफल भइसकेका खड्गलाई ग्राण्डीका सर्जन डाक्टर राकेशकुमार साहले पुनःशल्यक्रिया गरे । नभन्दै शल्यक्रिया सफल भयो ।

IMG_3552शल्यक्रिया सफल भएपछि डाक्टर साह भन्छन्, “विरामीसँग बाँच्ने आत्मविश्वास देख्यौं र हाम्रो टोली उहाँलाई बचाउन सफल पनि भयौं ।” यसरी अफगानिस्तानबाट नबाँच्ने निर्क्याैल गरेर ५ हजार युएस डलरसहित नेपाल पठाएका विरामी पुनःजीवन लिन सफल भए । धनमाया भन्छिन्, “उहाँहरु (डाक्टर) ले नै बचाइदिनुभयो ।”

khdga.Still002“अफगानिस्तानका डाक्टरहरुले अव बाँच्दैन भनेको सुन्न सक्थें तर बोल्न सक्दिनथें”, खड्ग भन्छन् । विदेशीले मर्छ भनेर नेपाल फर्काईदिएका खड्ग बाँचेकोमा हर्षित छन् । उनी भन्छन्, “अव विदेश जान्न ।” उनको थप उपचार पनि नेपालमै हुने अस्पतालले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>