थप समाचारआइतबार, साउन १०, २०७२
पुल्चोकमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
बसको ठक्करबाट ललिपुरको पुलचोकमा स्कुटर चालक किशोरको मृत्यु भएको छ ।
दुर्घटनामा परी काठमाडौँ–१६ कालिधाराका १८ वर्षीय ईभान अमात्यको मृत्यु भएको हो ।
ललितपुरको पुलचोकबाट ज्ञानोदयमोडतर्फ जाँदै गरेको बा ५६ प ९५९ नम्बरको स्कुटरलाई ज्ञानोदय स्कुलको बा १ ख ३०५० नम्बरको बसले ठक्कर दिँदा स्कुटर चालक अमात्य गम्भीर घाइते भएका थिए ।
उनको उपचारका क्रममा अल्का अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक किसनसिंह थापाले जानकारी दिए ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
