थप समाचारआइतबार, साउन १०, २०७२
दोलखामा जीप दुर्घटना हुँदा २६ घाइते (घाइतेको नामावलीसहित)
रामेछापको मन्थलीबाट चरिकोट जाँदै गरेको बोलेरो जीप दोलखा, भीरकोटको माझी गाउँमा दुर्घटना हुँदा २६ जना घाइते भएका छन् ।
बा ९ च २९५७ नम्बरको जीप अनियन्त्रित भै सडकमै पल्टिंदा २६ जना घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सन्त लामाले जानकारी दिए ।
घाइते हुनेमा सहरे– २ का २८ वर्षीय दिल तमाङ, ४६ वर्षीय मेघराज न्यौपाने, डाँडाखर्क–८ का ४२ वर्षीय सकलाल तमाङ, ५३ वर्षीय गणेशबहादुर गिरी, ५२ वर्षीय दानबहादुर तमाङ, डाँडाखर्क–१ का ४९ वर्षीय पूर्णबहादुर श्रेष्ठ, मालु–२ का ५४ वर्षीय होमबहादुर खड्का, मेलुङ– ७ का ६६ वर्षीय सोमप्रसाद पौडेल, मृगे–६ की २० वर्षीया कोपिला रिजाल छन् ।
त्यसैगरी मेलुङ–६ का २३ वर्षीय शङ्कर श्रेष्ठ, मालु–४ का ५९ वर्षीय कृष्णबहादुर खड्का, भेड्पु–२ की सुशीला अधिकारी, घ्याङ सुकाठोकर–२ की ५० वर्षीया लक्ष्मी भण्डारी, ४० वर्षीया लक्ष्मी आचार्य, सहरे–९ का ५० वर्षीय झनक खड्का, च्यामा–७ की ३० वर्षीय लक्ष्मी थापा, ४५ वर्षीय कृष्ण खड्का, घ्याङ सुकाठोकर – ३ की १० वर्षीय रिता खड्का, ३८ वर्षकी अञ्जु खड्का पनि घाइते भएका छन् ।
घाइते भेड्पु–२ की १० वर्षीया बिजिसा अधिकारी, च्यामा ७ का २६ वर्षीय बिष्णु थापा, च्यामा–६ को ५ वर्षीय रेजिना थापा, च्यामा–५ की १९ वर्षीया मेनुका आँपागाई, ४० वर्षीया सुशीला खड्का र मेलुङ–७ का ६४ वर्षीय हरि भण्डारी पनि दुर्घटनामा घाइते भएका छन् ।
घाइतेमध्ये गणेश गिरी र सोमप्रसाद पौडेलको अवस्था गम्भीर रहेको र पौडेललाई थप उपचारको लागि काठमाडौँ लगिएको जनाईएको छ ।
अन्य घाइतेको सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा जनरल अस्पतालमा उपचार भै रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै घाइतेमध्येका मेनुका आँपागाई, लक्ष्मी आचार्य र महेश कार्की सामान्य उपचारपछि घर फर्कीएका छन् ।
चरङ्गेको पुल बगाएर बस सञ्चालन नभएपछि राहत पुर्याएर फर्किएको बोलेरो जीपमा ३ हजार दिने सहमतिमा सुरुमा २२ जना चढेको र पछि त्यसमा ८ जना थपिएको घाइते झनक खड्काले बताए ।
जीपका चालक सिन्धुपाल्चोक माङ्खाका बेलप्रसाद तिमल्सनालाई नियन्त्रणमा लिई छानविन भै रहेको प्रहरीले जनाएको छ ।
सर्मिला बुढाथोकी/दोलखा
*शीर्षकमा दोलखा हुनपर्नेमा अन्यथा भएकोले स-खेद सच्याइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
