थप समाचारआइतबार, साउन १०, २०७२

भाइ र भतिजीको हत्या

हिमालखबर

अभियुक्तहरु बायाँबाट क्रमश: नारायण मुखिया, वासुदेव जिसी र विष्णुबहादुर मुखिया ।

अभियुक्तहरु बायाँबाट क्रमश: नारायण मुखिया, वासुदेव जिसी र विष्णुबहादुर मुखिया ।

गुल्मीको पिपलधारमा ८ साउन विहान मृत अवस्थामा फेला परेका काका–भतिजीलाई उनकै आफन्तले हत्या गरेको प्रहरीले जनाएको छ ।

स्थानीय ४४ वर्षीय नारायण मुखियाले एकाघरका भाइ ३८ वर्षीय वेलबहादुर मुखिया र भतिजी १८ वर्षीया सीता मुखियाको गाउँलेको सहयोगमा हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक हिमालकुमार श्रेष्ठले बताए ।

सीतालाई हत्या गरेपछि गाउँको खन्युको रुखमा पासो लगाएर झुण्ड्याएको र वेलबहादुरको गाउँ नजिकै कान्ला मुनी फालेको नारायणले बयान दिएका छन् ।

प्रहरीका अनुसार सुतिरहेका वेलबहादुरलाई नारायण मुखिया, वासुदेव जिसी र विष्णुबहादुर मुखियाले चिर्पटले हानेर हत्या गरेका थिए ।

एकाघरका काकाको हत्या भइरहेको भतिजी सीताले देखेपछि उनको पनि मुख छोपेर हत्या गरी नजिकै रहेको खनियाँको रुखमा लगेर झुण्डाएको नारायणले प्रहरीलाई बयान दिएका छन् ।

हत्याका बेला अभियुक्त नारायण मुखियाले गाउँलेले थाहा नपाउन भनेर ठूलो आवाजमा क्यासेट बजाएको पनि बयान दिएका छन् ।
गत १ साउनमा गाउँको ‘कृषि समूह’ को बैठकमा भाइ वेलबहादुरले दाजु नारायणले कृषि समूहको रकम हिनामिना गरेको कुरा उठाएपछि उनीहरुबीच झगडा शुरु भएको थियो ।

अभिुक्तहरु तिनै जनालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
गगनशिला खड्का, गुल्मी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>