Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पुलमा क्षति भएपछि चितवनमा सवारी र यात्रु अलपत्र - Himalkhabar.com

थप समाचारमंगलबार, साउन १२, २०७२

पुलमा क्षति भएपछि चितवनमा सवारी र यात्रु अलपत्र

हिमालखबर

पूर्वपश्चिम राजमार्गअन्तर्गत गैँडाकोटस्थित जयश्री खोलाको पुलमा क्षति पुगेर यातायात अवरुद्ध भएपछि पूर्वबाट पश्चिम जाने तथा राजधानीबाट पश्चिम नेपाल तर्फ जाने सवारी साधन प्रभावित भएका छन् ।

चितवनको नारायणगढ, आँपटारी र बसपार्कमा सयौँ सवारी र हजारौँ यात्रु ११ साउन साँझदेखिनै अलपत्रमा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

नवलपरासी गैँडाकोटमा रहेको उक्त पुलमा क्षति पुगेपछि यातायात अवरुद्ध हुन पुगेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

वैकल्पिक मार्ग बनाउने तयारी गरिएको भए पनि अहिलेसम्म काम हुन सकेको छैन । तीन वर्षअघि पनि सोही स्थानमा पुलमा क्षति पुगेकाले मर्मत गरेर सञ्चालनमा ल्याइएको थियो ।

स्थानीयका अनुसार ओभरलोडको गाडीका कारण पुल लच्किएर क्षति पुगेको हो । अहिले सो पुलमा यात्रुलाई पैदल आवागमनमा समेत रोक लगाइएको छ भने सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ ।

चितवनको नारायणगढदेखि पोखराबसपार्कसम्मै गाडीका लाइन लागेका छन् । आँपटारीमा समेत गाडी राखिएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट आएका गाडी जयश्रीपुल पारी नै रहेका छन् । स्थानीयले भने पुल भाँचिएको बताएका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>