Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेप्से अठार अङ्कले ओरालो लाग्यो - Himalkhabar.com

अर्थ/बजारमंगलबार, साउन १२, २०७२

नेप्से अठार अङ्कले ओरालो लाग्यो

हिमालखबर

nepseनेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि गर्नुपर्ने व्यवस्था गरेसँगै उकालो लागेको शेयर बजार आज पुनः ओरालो लागेको छ ।

लगानीकर्तामा आएको उत्साहका कारण शेयर बजार ७ साउनमा ४० अङ्कले, १० साउनमा ५० अङ्क र ११ साउनमा नेप्सेमा सामान्य सुधारसहित रु एक अर्ब ३० करोडबराबरको कारोबार भएको थियो । आज परिसूचकमा १८.२६ अङ्कले घटेर नेप्से १ हजार २८ अङ्कमा पुगेको छ ।

बजार खुलेलगत्तै ओरालो लाग्न शुरु गरेको नेप्से १ हजार ४६ बाट घटेर १२:०० बजेसम्म आइपुग्दा १ हजार २४ अङ्कमा पुग्यो ।
त्यसपछि नेप्सेमा सुधार आए पनि १ हजार ४४ सम्म पुगेर पुनः तल झर्‍यो र बजार बन्द हुँदासम्म १ हजार २८ मा बजार सीमित भएको छ ।
चालु आवका लागि ७ साउनमा जारी गरिएको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा वृद्धि गर्ने व्यवस्था गरेको थियो ।

आज बैंक, वित्त, जलविद्युत्, बिमालगायतका समूहका परिसूचक नकारात्मक रह्यो भने एकमात्र अन्य समूहको परिसूचकमा केही सुधार आएको छ । रु ४९ करोड १२ लाख कारोबार भएको छ ।
बैंक तथा वित्तीय संस्थाको परिसूचकमा लामो समयदेखि परिवर्तन नआएको र राष्ट्र बैंकले लिएको नीतिका कारण नेप्सेमा सुधार आएको नेपाल स्टक ब्रोकर एसोसिएसनका निवर्तमान अध्यक्ष नरेन्द्र सिजापतिको भनाइ छ ।

उनका अनुसार लगानीकर्ताले २० प्रतिशतभन्दा माथि नेप्से परिवर्तन हुँदैन भन्ने आँकलन गरेकाले आज नेप्से ओरालो लागेको हो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>