थप समाचारमंगलबार, साउन १२, २०७२

झापाका २८ सहकारी खारेज

हिमालखबर

झापाका २८ वटा सहकारी संस्था खारेजीमा परेका छन् ।

दुई आ.व. देखि आर्थिक कारोवारको विवरण, लेखापरीक्षण प्रतिवेदन र साधारणसभाको प्रतिवेदन नियमित रुपमा रजिष्ट्रारको कार्यालयमा पेश नगर्ने सहकारी संघसंस्थालाई खारेजी गरिएको डिभिजन सहकारी कार्यालय झापाले जनाएको छ ।

सहकारी ऐन २०४८ र सहकारी दर्ता, सञ्चालन, लेखापरीक्षण तथा नियमन सम्वन्धी मापदण्ड २०६८ मासहकारी संघसंस्थाले ति विवरणहरु तोकिएको समय भित्र रजिष्ट्रारसमक्ष अनिवार्य रुपमा पेश गर्नुपर्ने प्रावधान छ ।

खारेजी भएका सहकारी संस्थाहरुमा कृषि सहकारी ७, दुग्ध सहकारी ५, वचत तथा ऋण सहकारी २,तरकारी तथा फलफुल सहकारी ३,जडिवुटी सहकारी २ र उपभोक्ता २ छन् ।

त्यसैगरि सुपारी, कुखुरापालन, जल उपभोक्ता र प्रकाशन सहकारी १/१ वटा गरि २८ वटा सहकारी खारेज गरिएको डिभिजन सहकारी कार्यालय झापाका प्रमुख माधव पोखरेलले बताए ।

जिल्लाका ३ सय २५ कृषि सहकारीहरु मध्ये जागरुक सुरुंगा, सुनगाभा गौरादह, तेलकानी गरामनी, खालवारी गरामनी, पिपलचौक वुधवारे, सौगात पथरिया र परिकल्पना शान्तिनगर खारेजी भएका छन् ।

यसैगरी २४ दुग्ध उत्पादक सहकारी मध्ये नेपाल दुग्ध उत्पादक सहकारी वुधवारेका दुई वटा, तोपगाछी, शरणामती एक/एक र कृष्ण दुग्ध उत्पादक सहकारी टागनडुव्वा खारेजी भएका छन् ।

खारेजीमा परेका तरकारी तथा फलफुल उत्पादक सहकारीहरुमा अविनाश शान्तिनगर, दिव्य खुदुनावारी र चिसेनी लखनपुर रहेको डिभिजन प्रमुख पोखरेलले बताएका छन् ।

जिल्लाका २ सय ९१ वचत तथा ऋण सहकारी मध्ये ग्रामीण गौरादह र पुष्पाञ्जली अनारमनी खारेज भएका छन् । खारेज भएका अन्य विषय र प्रकृतीका सहकारी संस्थाहरुमा गौरादह ग्रामीण विद्युत सहकारी, अर्जुनधारा शनिश्चरे ग्रामीण विद्युत सहकारी, झापा कृषक वहुमुखी सहकारी सतासीधाम, चेतना प्रकाशन सहकारी अनारमनी, सयपत्री जल उपभोक्ता सहकारी सतासीधाम, दियालो कुखुरापालन सहकारी चारपाने, समय सुपारी उत्पादक सहकारी मेचीनगर, गाउँ जागरण उपभोक्ता सहकारी धरमपुर, समाजसेवी उपभोक्ता सहकारी शरणामती रहेको पोखरेलले बताए ।

झापामा अघिल्लो आ.ब.मा ८ वटा सहकारी संस्था खारेज भएका थिए ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>