थप समाचारमंगलबार, साउन १२, २०७२

सुदूरपश्चिमका नौ जिल्ला दायाँ बायाँ हुदैनन्ः लेखराज भट्ट

हिमालखबर

Lekhrajएमाओवादी केन्द्रीय सदस्य लेखराज भट्टले संघीय संरचनामा सुदूरपश्चिमका नौ जिल्ला एकीकृत नै रहने बताएका छन् ।

सेती महाकाली मुक्ती मोर्चाको वैठकपछि आफ्नो धारणा सार्वजनिक गर्न १२ साउनमा महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भट्टले सुदूरपश्चिमलाई टुक्र्याउन नदिइने बताए ।

सुदूरपश्चिमका नौ जिल्लाकै जिल्ला अध्यक्ष सदस्य रहने एमाओवादीको जनवर्गीय संगठन मुक्ती मोर्चाका अध्यक्ष भट्टले भने ‘‘संघीय राज्यमा सुदूरपश्चिमका नौ जिल्ला दायाँबायाँ हँुदैनन् । दायाँबायाँ हुन दिइदैन ।’’

संविधानसभाले नै तय गरेको राज्य पुनर्संरचनाका लागि पहिचानका ५ र सामथ्र्यका ४ आधारहरुमा रहेर नै सुदूरपश्चिमलाई एक प्रदेश बनाउनु पर्ने जोड दिंदै आएको उनले बताए । ‘

‘नौ जिल्लाकै ऐतिहासिक आधार, भेषभुषा, भाषा, संस्कृति, रहनसहन एउटै छ । भौगोलिक र सामाजिक आधारमा पनि एउटै हो । हाम्रो सामथ्र्य पनि छ’’ अध्यक्ष भट्टले भने । उनले तराईका थारु समुदायका लागि विशेष व्यवस्था गर्नु पर्ने बताए ।

एक प्रश्नको जवाफमा नेता भट्टले एमाओवादी पार्टीले पनि प्रतिपक्षको भूमिका निभाउन नसकेको बताए । केही समयदेखि पार्टी प्रति असन्तुष्ट रहदै आएका उनले जुन उद्देश्य र लक्ष्यतिर जानु पर्ने हो एमाओवादी त्यतातिर जान नसकेको बताए ।
बच्चु विक, महेन्द्रनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>