थप समाचारबुधबार, साउन १३, २०७२
‘भूकम्पपछि २० अर्ब भित्रियो’
नेपालमा खटिएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको संस्था (एआइएन) ले १२ वैशाखको महाभूकम्पयता उद्धार, राहत र पुननिर्माणमा नेपालमा खटिएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले रु. २० अर्बभन्दा बढी सहयोग भित्र्याएको दावी गरेको छ ।
महाभूकम्पको तीन महिना स्मरण गर्दै एआइएनले १२ साउनमा राजधानीमा आयोजना गरेको भूकम्प प्रतिकार्य प्रदर्शनी तथा अन्तरक्रिया कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरिएको हो ।
उक्त अवसरमा राहत र पुनर्निर्माणका चुनौती र सफलताबारे सञ्चारकर्मीसँग अन्तरिक्रियासमेत गरिएको थियो ।
नेपालका अन्तर्राष्ट्रिय गैससहरूको संगठनका अध्यक्ष राजेन्द्र मुल्मीले एआइएनभित्र रहेका ११६ सदस्यमध्ये ८७ संस्थाहरू भूकम्प प्रतिकार्यमा खटिएको बताए । अन्तर्राष्ट्रिय गैससहरूले जिल्ला दैवीप्रकोप उद्धार समितिको (डिडिआरसी) संयोजन अन्तर्गत काम गरेको बताउँदै उनले भने, “विपदपछिको राष्ट्रिय आवश्यकता ख्याल राख्दै एआइएनले सहयोग जारी राखेको छ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
