Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
टेनिसका जुम्ल्याहा - Himalkhabar.com

खेलकुदबुधबार, साउन १३, २०७२

टेनिसका जुम्ल्याहा

हिमालखबर

Last Page.indd

तस्वीर: कुन्द दीक्षित

नेपाली जुम्ल्याहा मयंका–महिका राणाले टेनिसमा मच्चाएको तहल्काले भेनस–सेरेना दिदीबहिनीको सम्झना गराउँछ।

टेनिस कोर्टमा अमेरिकी दिदीबहिनी भेनस र सेरेना विलियम्सको खेलको प्रशंसा नगर्ने शायदै होलान्। नहुन पनि कसरी, बहिनी सेरेना महिला टेनिसमा अहिले पनि नम्बर वान् खेलाडी हुन् भने भेनसले पनि कुनै वेला यो उँचाइ टेकेकी थिइन्।

जुम्ल्याहा मयंका र महिका राणा (१४), दिदी–बहिनी विलियम्सकै पथमा छन्। पूर्व टेनिस खेलाडी मनोज र ज्योति राणाका सन्तान उनीहरुले ६ वर्षकै उमेरदेखि टेनिस खेल्न शुरु गरे।

किशोरी उमेरमै यी जुम्ल्याहाले राष्ट्रियस्तरका सिंगल्स र डबल्सका उपाधि जितिसकेका छन्। गत चैतमा भएको सहवीर स्मृति खुला टेनिस प्रतियोगिताको सिंगल्सतर्फको फाइनलमा भेनस र विलियम्सको भिडन्त जस्तै महिकाले दिदी मयंकालाई कडा प्रतिस्पर्धामा हराएकी थिइन्। डबल्स च्याम्पियनसिपको उपाधि पनि दिदी–बहिनीकै पोल्टामा पर्‍यो।

“एक–अर्कालाई बुझ्ोकाले होला, पार्टनरसिपमा गज्जब खेल्न सक्छौं जस्तो लाग्छ”, मयंका भन्छिन्। तर, सिंगल्स प्रतियोगितामा भने यही बुझ्ााइ बेफाइदा भइदिन्छ। “अरुसँग खेल्दा जति आत्मविश्वास दिदीसँग खेल्दा हुन्न”, महिकाले हाँस्दै भनिन्।

जुम्ल्याहा भए पनि मयंका–महिकाको खेलाइ भने बिल्कुल फरक छ। “मयंका मानसिक रुपमा बलियो छिन्, महिकाको शारीरिक ‘फिटनेस’ राम्रो छ”, उनीहरुका प्रशिक्षक जितेन्द्र परियार भन्छन्।

दक्षिण कोरियामा गत वर्ष भएको एशियन गेम्समा यी दिदीबहिनी नै नेपालबाट छानिएका थिए। उनीहरुले पहिलो राउण्डको सोझो सेटमा पराजय बेहोरे पनि उमेर र खेलस्तरले थुप्रै सम्भावना देखाएको छ। “उनीहरुसँग हामीलाई धेरै अपेक्षा छ”, पूर्व राष्ट्रिय च्याम्पियन समेत रहेका परियार भन्छन्, “तर, सरकारले पनि उत्तिकै साथ दिनुपर्छ।”

अन्तर्राष्ट्रिय टेनिस संघ (आईटीएफ) को जुनियर वरियतामा सन् १९८४ मा नेपालबाट सुजय लामा छनोटमा परेको इतिहास छ। जुनियर विम्बल्डनमा उनी ५०औं र्‍यांकिङमा परेका थिए।

छोरीहरुको खेल हेर्न जहिल्यै कोर्टमा पुग्ने पूर्व खेलाडी आमा ज्योतिलाई टेनिसमा गर्नुपर्ने संघर्षबारे राम्रै अनुभव छ। “भर्खर १० कक्षामा पढ्दै छन्। गर्न धेरै बाँकी छ”, ज्योति भन्छिन्, “पढाइ र खेल दुवैमा अब्बल हुनुपर्छ।” दिदीबहिनी श्रीलंका र सिंगापुरमा हुने प्रतियोगिताको तयारीमा छन्।

सानै उमेरमा हासिल उपलब्धिले यी दिदीबहिनीको महत्वाकांक्षा ह्वात्तै बढाएको छ। “म एक दिन फेडरर (रोजर) जस्तै बन्छु”, मयंकाको अठोट छ। “अनि म ग्रान्ड स्लाममा खेल्छु”, महिका भन्छिन्।

सोनिया अवाले

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>