थप समाचारबुधबार, साउन १३, २०७२
सहकारीबाट पैसा र सुन चोर्ने पक्राउ
महाभूकम्प गएको मौका छोपी काठमाडौंको सामाखुशीस्थित सहकारीबाट पैसा र सुन चोरेको अभियोगमा एक युवलाई पक्राउ गरिएको छ ।
प्रहरीले जनमिलन सहकारी संस्थाबाट सात लाख नगद र ४३ तोला सुन चोरेको अभियोगमा तिलक भनिने राजु तामाङलाई पक्राउ गरेको हो । गत १३ वैशाखमा चोरी भएको उजुरीका आधारमा महानगरी प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार तामाङले सहकारीबाट सेफ चोरी गरी टोखा जंगलमा लगेर फुटाएको प्रमाण फेला परेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
