Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पर्याप्त वर्षा नहुँदा मध्यतराईमा खेत बाँझै - Himalkhabar.com

थप समाचारबिहीबार, साउन १४, २०७२

पर्याप्त वर्षा नहुँदा मध्यतराईमा खेत बाँझै

हिमालखबर

???????????????????????????????मध्य तराईमा पर्याप्त वर्षा नहुँदा ४० प्रतिशत मात्रै रोपाइँ भएको छ । रोपाइँको समय घर्किदै गएपछि केही किसानहरुले बोरिङको पानी किनेरै भए पनि रोपाइँ शुरु गरेका छन् ।

आफ्नै बोरिङ नभएका तर, बोरिङबाट सिँचाइ गर्न सकिने स्थानमा खेत भएका किसानहरुले नजिकैको बोरिङबाट पानी किनेर सिँचाइ गरेका हुन् । बोरिङधनीले सुख्खाले पानीको सतह धेरै मुनी पुगेको भन्दै पम्पसेटले तानिएको पानीको मूल्य प्रतिघण्टा तीन सयसम्म लिने गरेका छन् ।

यसरी पानी किनेर खेती गर्दा लागत प्रति कठ्ठामा दुई हजार ५०० रुपैयाँ हुने तर, एक कठ्ठामा उत्पादित धानको मूल्य दुई हजारमात्रै हुने स्थानीय कृषक शिव अधिकारीले बताए ।

अबको एक साता भित्रमा पानी नपरे उत्पादनमा निकै ह्रास आउने कृषि विकास कार्यालय बाराले जनाएको छ ।

आकाशे खेतीमा भर पर्ने खेत भने अझै पनि बाँझै छ ।

कृषि विकास कार्यालयका अनुसार अहिलेसम्म जिल्लामा ४० प्रतिशत खेतमा मात्रै रापाइँ भएको छ । जबकी यतिबेला रोपाइँ ९९ प्रतिशत भइसक्नुपथ्र्यो । रोपाइँ गरिएका खेतमा पनि सुख्खाले धाँजा फाट्न थालेको छ ।

श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>