Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
जयश्री खोलामा डाइभर्सन अझै पूरा भएन, मालबाहक गाडी चार दिनदेखि अलपत्र - Himalkhabar.com

थप समाचारशुक्रबार, साउन १५, २०७२

जयश्री खोलामा डाइभर्सन अझै पूरा भएन, मालबाहक गाडी चार दिनदेखि अलपत्र

हिमालखबर

तस्वीर: विद्रोही गिरी

तस्वीर: विद्रोही गिरी

पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैंडाकोटको जयश्री पुल भाँचिएपछि डाइभर्सन (बैकल्पिक सडक) पूर्णरुपमा निर्माणमा नहुँदा मालबाहक गाडीहरु ४ दिनदेखि सडकमै अलपत्र छन् ।

आबश्यकमात्रमा ढुङ्गा, गिट्टीको ब्यवस्थापन हुन नसक्दा डाइभर्सन निर्माणमा ढिलाइ भएको पश्चिामाञ्चल सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ । एकतर्फी गाडी जानसक्ने गरी बनाइएको अपूरो डाइभर्सन कमजोर रहेको भन्दै ठूला मालबाहक गाडीलाई पारी जान दिइएको छैन । यात्रुबाहक गाडीहरु पनि डाइभर्सनको बीचमा फस्ने गरेकाले उक्त क्षेत्रमा लामो जाम लागिरहेको छ ।

डाइभर्सन निर्माणका लागि खोलामा ह्युमपाइप राख्ने काम भए पनि त्यसमाथि ग्याविङ भर्ने लगायतका काम हुन सकेको छैन ।

सडक डिभिजन कार्यालय वुटवलका सव–इन्जिनियर बिष्णु खनालले भने, “स्थानीय ठेकेदारहरुले समेत माल ल्याउन नसक्दा कामले गति लिएको छैन ।”

diversionअमरापुरीको झरही खोलामा ढुङ्गा लिन ट्याक्टर जाँदा स्थानीयले अवरोध गरेपछि समस्या थपिएको उनले बताए । जिल्लाका खोलाहरुमा जिल्ला विकास समिति नवलपरासीले ठेक्का नलगाएकाले खोलाजन्य समाग्री उठाउन समस्या भएको उनको भनाई छ ।

नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी माधव ढुंगाना भने जुनसुकै खोलाबाट पनि ढुंगा गिट्टी ल्याउन सकिने व्यवस्था मिलाइएको दाबी गर्छन् । उनले भने, “अरुलाई दोष दिएर काममा ढिलाई गर्न पाइँदैन, स्थानीयले दिएनन् भन्नु बहानबाजी मात्रै हो ।”

उनले स्थानीय विकास अधिकारीसँगको सल्लाहमा डाइभर्सन निर्माणका लागि आवश्यक ढुंगा, गिट्टी, बालुवा जस्ता सामाग्री जुन खोलाबाट ल्याएउन पनि छुट दिइएको भन्दै सुरक्षाका लागि प्रत्येक ट्रिप्परमै प्रहरी टोली खटीने व्यवस्था मिलाइएको बताइए ।
उनले अगाडि भने, “सडक कार्यालयले आफैं टिप्परको ब्यवस्थापन गर्न सकेको छैन ।”

सडक डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालयका आ–आफ्नै दाबी बीच यात्रुलाई सकस परेकै छ, मालवाहक गाडी गन्तव्यमा पुग्न पाएका छैनन् ।

राजमार्गमा गाडीको जाम पूर्वतर्फ जयश्री पुलदेखि नारायणघाट सम्म र पश्चिम तर्फ भेडाबारीसम्म छ । यो ठाउँ छिचोल्न मोटरसाइकलाई नै एक घण्टा लाग्ने गरेको नारायणघाटबाट कावासोती आएका रामचन्द्र रानाभाटले बताए ।

देशकै प्रमुख सडक पूर्वपश्चिम राजमार्ग यसरी बन्द हुँदा समेत सरकारले ध्यान नदिएको भन्दै यात्रुले गुनासो गरेका छन् । जहाँबाट भएपनि निर्माण समाग्री ल्याएर सडक बनाउनुपर्छ पिठौलीका दीपक शर्माले भने, “सडकमा यात्रुको विचल्ली हेरेर स्थानीय प्रशासनले पनि लाचारी देखाएको छ ।”

विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>