रमझमशनिबार, साउन १६, २०७२
नेपाल स्कटल्याण्डसँग ९ विकेटले पराजित
डब्ल्यूसीएलसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत स्कटल्याण्डमा भएको दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ।
शुक्रबार भएको खेलमा शुरुमा ब्याटिङको निम्तो पाएको नेपालले स्कटल्याण्डलाई १६८ रनको लक्ष्य दिए पनि स्कटल्याण्डले ब्याटिङ शुरु गर्नु अघि पानी परेपछि खेल रोकिएको थियो ।
पानीको कारण रोकिएको खेल तीन घण्टापछि शुरु हुँदा खेललाई २२ ओभरमा छोट्याउँदै स्कटल्याण्डलाई ११० रनको लक्ष्य दिइएको थियो ।
तर १.४ ओभर मात्रै खेल हुँदा फेरि पानी परेपछि खेल शनिबार हुने गरि रोकिएको थियो ।
त्यसै खेललाई निरन्तरता दिंदै आज शनिबार भएको खेलमा मा स्कटल्याण्डले १४ ओभरमा १ विकेट गुमाएर ११० रनको लक्ष्य हासिल गरेको हो ।
शनिबार स्कटल्याण्डले २०.२ ओभरमा ९५ रन बनाउनु पर्ने थियो।
आजको खेलमा सोमपाल कामीले मात्र विकेट लिन सके।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>