थप समाचारशनिबार, साउन १६, २०७२

पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुग्योे

हिमालखबर

भीषण वर्षासँगै आएको पहिरोबाट कास्कीमा हालसम्म ३५ जनाले ज्यान गुमाएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार लुम्लेमा २७, भदौरे तमागीमा छ र ढिकुरपोखरीको ठूलीचौरमा दुईजनाको मृत्यु भएको छ । पहिरोमा परी १८ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जना उपचारपछि घर फर्केका छन् ।

बेपत्ता भएका ६८ वर्षीय ईन्द्रप्रसाद देवकोटा, ६२ वर्षीया रुद्रमति देवकोटा र भदौरे तमागी गाविसका सात वर्षीय समीर पराजुलीको शव आज पहिरोबाट झिकिएको हो । पहिरोमा परी अझै चार जना बेपत्ता रहेका छन् । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>