समाचारआइतबार, साउन १७, २०७२
प्रहरी सुरक्षामा यार्सा व्यापारीलाई चीन लग्ने तयारी
डोल्पामा बहुमूल्य जडीबुटी यार्सागुम्बा बिक्री वितरणमा संलग्न व्यापारीलाई प्रहरी सुरक्षा घेरामा चीन लैजाने तयारी भइरहेको छ ।
सूचना जारी गरेपछि ६० देखि ७० जना यार्सागुम्बा व्यापारी जम्मा भइसकेको र अझै व्यापारीहरु आउने क्रम जारी रहेको प्रहरी नायब उपरीक्षक ध्रुवराज रावतले जानकारी दिए । भोलि १७ साउन बिहानै व्यापारीलाई प्रहरी स्कटिङमा चीन लैजाने तयारी भइसकेको उनले बताए ।
लुटिने डरकै कारणले यसवर्ष यार्सागुम्बा व्यापारीहरुले अझै चीन जाने तयारी नगरेको भन्दै प्रहरी सुरक्षामै चीन लगिने भएको हो ।
हरेक वर्ष चीन जाने नाकामा हुने करोडौंको लुटपाटलाई ध्यानमा राख्दै यसवर्ष जिल्ला प्रशासन कार्यालय, डोल्पाले यार्सागुम्बा व्यापारीलाई प्रहरी स्कटिङमा चीन लैजाने तयारी गरिरहेको छ ।
जिल्लाको सुरक्षा व्यवस्था फितलो भएकै कारण दुई वर्षयता लगातार करोडौँको नगदसहित यार्सागुम्बा व्यापारी लुटिएकाले यसवर्ष प्रहरी स्कटिङमा पनि यार्सा व्यापारीले असुरक्षित महसुस गरिरहेको स्थानीय व्यापारी टीकादत्त न्यौपानेले बताए ।
यार्सागुम्बाको मौसम सकिएलगत्तै सदरमुकाममा पनि यार्सागुम्बा व्यापारीको घुइँचो लागेको छ ।
डोल्पाको व्यापारिक नाका चीनमा बहुमूल्य जडीबुटी यार्सागुम्बालगायतका जडीबुटी धेरै मूल्यमा बिक्रीका लागि व्यापारी जाने गर्छन् ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
