समाचारसोमबार, साउन १८, २०७२
पूर्व प्रमुख आयुक्त साहको निधन
पूर्व प्रमुख निर्वाचन आयुक्त सुन्दरप्रसाद साहको गएराति ८३ वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि घाँटीको ट्युमरबाट पीडित पूर्व प्रमुख आयुक्त शाहको उपचारका क्रममा नर्भिक अस्पतालमा गएराति निधन भएको उनका छोरा सञ्जीवप्रसाद साहले बताए ।
निजामति सेवामा लामो अनुभव सम्हालेका साह सूचना तथा सञ्चार र गृह मन्त्रालयको सचिव समेत रहेका थिए ।
निजामति सेवाबाट निवृत्त भएपछि उनले पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्ष, तत्कालीन राजपरिषद् स्थायी समितिको सदस्य र प्रमुख निर्वाचन आयुक्त भई काम गरेका थिए । उनको १८ साउनमा पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनका एक छोरा र एक छोरी छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
