थप समाचारसोमबार, साउन १८, २०७२
लमजुङमा गैरसरकारी संस्थाको चक्काजाम
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको परियोजना चलाइरहेको एक गैरसरकारी संस्थाले लमजुङमा चक्काजाम गरेको छ ।
संविधानमा अपाङ्गता भएका व्यक्तिलाई राजनितिक अधिकारको माग गर्दै अपाङ्ग संरक्षण समाजले दुई घण्टा चक्काजाम गरेको हो । अन्तर्राष्ट्रिय गैर सरकारी संस्था वल्र्ड भिजन, जिविस र नगरपालिकासँग सहकार्यमा काम गरिरहेको उक्त संस्थाका कर्मचारीहरु चक्काजाममा उत्रिएका हुन् ।
सरदमुकाम बेसीशहरको झिँगेखोलामा संस्थाका अध्यक्ष चन्द्रकान्त पौडेल, कार्यक्रम संयोजक संजय पौडेललगायतले सवारी साधन रोकेका थिए । नेपाल सरकारलाई सघाउने भनेर प्रशासनमा दर्ता भएको गैससले चक्काजाम गर्न उचित नभएको गैसस महासंघ लमजुङका अध्इक्ष कृष्णप्रसद अधिकारीले बताए ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले चक्काजामबारे जानकारी नभएको बताए । चक्काजामले बेसीशहरबाट चल्ने लामो तथा छोटो दुरीका सवारीसाधन सञ्चान हुन सकेन ।
युवराज श्रेष्ठ, लमजुङ