Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पहिरोको चेतावनी - Himalkhabar.com

थप समाचारसोमबार, साउन १८, २०७२

पहिरोको चेतावनी

हिमालखबर

पश्चिममा पहिरोले पुर्‍याएको क्षतिले बाँकी देशलाई समयमै सावधानी अपनाउन चेतावनी दिएको छ ।

-सन्त गाहा मगर

Lumle

कास्कीकाे लुम्लेमा पहिराेमा परेकाकाे खाेजी गरिदै । तस्वीरः अनलाइन

१३ साउन रातिको पहिरोमा परि कास्कीमा ३२, म्याग्दीमा दुई र बागलुङमा एक जनाको ज्यान गईसकेको छ । पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक दिनेश थपलियाका अनुसार पहिरोमा परि घाइते २० जनाको उपचार भइरहेको छ भने १३ जना अझै हराइरहेका छन्, जसमा कास्कीमा आठ र म्याग्दीमा पाँच जना छन् ।

यसवर्ष महाभूकम्पपछि पहिरोकै कारण धेरैले ज्यान गुमाएको गृहमन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जनाएको छ । शाखाका अनुसार गएको बैशाख यता पहिरोका कारण २७ जिल्लामा ८५ जनाको ज्यान गएको छ । ४१ जना हराइरहेका छन् भने ३ सय ४८ परिवार पहिरोबाट प्रत्यक्ष प्रभावित भएका छन् ।

कास्की, म्याग्दी र बागलुङको पहिरोको मुख्य कारक अत्याधिक वर्षा भएको जानकारहरू बताउँछन् । ‘पोखरी र पहिरो’ पुस्तकका लेखक तथा जलाधारविद् मधुकर उपाध्या धेरै पानी परेपछि जमिनको सतह पग्लिएर लेदो बग्दा क्षति पुगेको बताउँछन् । उनी भन्छन्, “यो जमिन चिरिएर गएको गहिरो पहिरो होइन ।”

हुन पनि १३ साउनमा कास्कीको लुम्लेमा २४ घण्टामा दुई सय २८ मिलिमिटर पानी परेको थियो । २७ जेठमा ताप्लेजुङको खोक्लिङ, लिवाङ, खाम्लुङ, सान्थाका, थिङलाबु र लिङतेप गाविसमा पहिरो जाँदा ३९ जनाको मृत्यु भएको थियो । २० जना अझै भेटिएका छैनन । ताप्लेजुङ पहिरोको कारण पनि वर्षा नै भएको उपाध्या बताउँछन् । देशका अन्य भागमा पहिरोको खतरा टरिनसकेको उनको भनाइ छ ।

कमजोर जमिन, लगातारको मुसलधारे वर्षा, नदीहरूको प्रकृति र हिमतालहरूका कारण नेपाल बाढी पहिरोका लागि उसै पनि जोखिमयुक्त मानिन्छ । त्यसमाथि १२ बैशाखको महाभूकम्प र त्यसपछिका ३६५ भन्दा बढी कम्पनका कारण जमीनको संरचना खल्बलिएको छ ।

11एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले सरकारलाई बुझाएको ‘जिओहाजार्डस् इन द आफ्टरम्याथ अफ २५ अप्रिल २०१५ अर्थक्वेक रिपोर्ट’ मा पनि देशका विभिन्न भागमा पहिरोको जोखिम बढेको उल्लेख छ ।

तर, जानकारहरु भने मानविय व्यवहारकै कारण जोखिम बढेको बताउँछन् । पहिरो थुप्रिएको माटोमा बस्ती बस्नु, वन विनास, विस्फोट गरि बनाईने सडक, ठूला भवन निमार्णमा लापरवाही, अवैज्ञानिक खेती आदि क्षतिका कारण हुन् ।

पहिरो जाने निश्चित प्रायः भएकाले सरकारले बेलैमा तयारी गर्नुपर्ने उपाध्याको सुझव छ । उपाध्या भने बाढीपहिरोबाट डाँडापाखा मात्रै होइन शहर समेत सुरक्षित नरहेको बताउँछन् । दुबैतिर तारजाली बाधी खोला साँगुरो पारेर बसालीएका वस्तीमा खतरा बढी भएको उनको भनाई छ ।

क्षेत्रीय प्रशासक थपलिया जोखिमका संभावित स्थानहरुमा सूचित गर्नुका साथै उद्धार तथा राहतमा कुनै कमी नहुने गरि तयारी गरेको दावी गर्छन । यसअन्तर्गत जोखिमयुक्त वस्तीवासीलाई सुरक्षित स्थानमा सार्ने काम थालिसकिएको उनी बताउँछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>