थप समाचारसोमबार, साउन १८, २०७२
एसएलसी पूरक परीक्षाको तयारी पूरा
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २० साउनदेखि सुरु गर्ने एसएलसी पूरक ९मौका० परीक्षाको तयारी पूरा गरेको छ ।
२०७१ को एसएलसी परीक्षामा दुई विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थीका लागि सञ्चालन गर्ने मौका परीक्षाको सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले बताए ।
उनका अनुसार कुल एक लाख २४ हजार २५१ जना परीक्षार्थी सहभागी हुने परीक्षाका लागि कार्यालयले देशभर कुल २४७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
परीक्षाका लागि आवश्यक सम्पूर्ण सामग्री सबै जिल्ला पु¥याइसकिएको बताउँदै उनले पूरक परीक्षाको परीक्षा केन्द्र सदरमुकाम केन्द्रित गरिएको बताए ।
परीक्षामा एक विषयमात्रै परीक्षा दिने ५५ हजार ४७४ जना र दुई विषयमा परीक्षा दिने ६८ हजार ७७७ जना रहेको उनले बताए। बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा २७ साउनमा सकिनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
