समाचारमंगलबार, साउन १९, २०७२

बर्दियामा हिन्दूवादीको बन्द

हिमालखबर

तस्वीर: केशव राना

तस्वीर: केशव राना

हिन्दु राष्ट्रको माग गर्दै आज, १९ साउनमा गरिएको बन्दले बर्दियाको जनजीवन प्रभावित भएको छ ।

बर्दियाका केही हिन्दुवादी संगठनहरुले जिल्ला बन्द गराएका हुन् । बन्दका कारण जिल्लामा सवारीसाधन चल्न सकेका छैनन् । बजार, उद्योग, कलकारखानाहरु पनि प्रभावित भएका छन् ।

विश्व हिन्दु महासंघ, स्वधर्म संरक्षण संस्कृति अभियान, गायत्री संस्कार संरक्षण समिति, शिव सेना नेपाल, ब्राम्हण क्षेत्री समाज, सुदामा बृद्धाश्रम कालिका र नेवा गुठी कालिका लगायतका संगठनहरुले बन्दको आह्वान गरेका हुन् ।

उनीहरुले बन्दसँगसँगै सभासद् पनि बहिष्कार गर्ने बताएका छन् ।

यस्तै दाङमा पनि एक घण्टा चक्काजाम गरिने भएको छ । संयुक्त राजनीति संघर्ष समिति दाङ्गले दलित समुदायका अधिकार कटौती गरिएको भन्दै बिहान ११ बजेदेखि मध्यान्ह १२ बजेसम्म चक्का जाम गर्ने भएको छ ।

समितिले साउन २१ मा जनप्रदर्शन समेत गर्ने जनाएको छ ।
केशव राना, बर्दियाबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>