समाचारमंगलबार, साउन १९, २०७२
२५ घण्टा रुखमै विताएर बालबालिकाको जीवन बचाएकी घर्ती पुरस्कृत
एक वर्षअघि साउनमा आएको बाढीमा ४ जना बालबालिकालाई पटुकामा बाँधेर २५ घण्टासम्म रुखमै चढेर ज्यान बचाएकी बर्दियाको गुलरिया–५ की कालिका घर्ती वलीलाई युवा प्रतिभा तथा युवा उद्यमी प्रोत्साहन पुरस्कार २०७२ प्रदान गरीएको छ ।
घर्तीको सहासिक कार्यले युवामा सकारात्मक सोच र सृजनशीलताको विकास गर्नमा मद्दत पु¥याएको ठहर गर्दै र उनको सहासको उच्च मूल्याङ्कन गर्दै सरकारले युवा तथा खेलकुद मन्त्रालयमार्फत दिने ‘युवा प्रतिभा तथा युवा उद्यमी प्रोत्साहन पुरस्कार २०७२’ बाट पुरस्कृत गरिएको हो ।
रु ५० हजार राशीको उक्त पुरस्कार एक कार्यक्रमका बीच बर्दियाका प्रमुख जिल्ला अधिकारी बिनोद बहादुर कुँवरले घर्तीलाई हस्तान्तरण गरे ।
गतवर्ष ३० साउनमा बबई नदीको बाढीको गाउँ पसेपछि घर्तीले आफ्ना २ र छिमेकीका २ गरी ४ जना वालवालिकालाई पटुकामा बाँधेर रुखमा चढाई २५ घण्टा सम्म जीवन रक्षा गर्ने साहसिक कार्य गरेकी थिइन् ।
त्यसबखतको बाढीमा सदरमुकाम गुलरयिा सहित दर्जन बढी गाविसका हजारौँ घर बगेका थिए भने धेरैको ज्यान गएको थियो ।
भावुक योगी, बर्दिया
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
