थप समाचारमंगलबार, साउन १९, २०७२
बर्दिया बन्द तीन बजेदेखि फिर्ता
हिन्दु राष्ट्रको माग गर्दै गरिएको बर्दिया बन्दका कारण अवरुद्ध यातायात दिउँसोबाट सुचारु भएको छ ।
बन्दले गर्दा सवारी साधनले पूर्वपश्चिम राजमार्गको बाँसगढी–भुरीगाउँ सडक खण्ड छिचोल्न सकेका थिएनन् ।
एसएलसी पुरक परीक्षा दिने विद्यार्थीहरु सदरमुकाम सम्म जान सहज होस भनेर दिउँसो नै बन्द खुलाइएको बन्दकर्ताले जनाएका छन् । यातायात सुचारु भएलगत्तै बजारहरु पनि खुलेका छन् ।
बन्दका कारण बर्दियाको सदरमुकाम गुलरिया, भुरीगाँउ, बाँसगढी, सानोश्री, राजापुर लगायतका मुख्य बजार सहित कलकारखाना, विद्यालय ठप्प भएका थिए ।
विश्व हिन्दु महासंघ, स्वधर्म संरक्षण संस्कृति अभियान, गायत्री संस्कार संरक्षण समिति, शिव सेना नेपाल, ब्रम्हाण क्षेत्री समाज, सुदामा बृदश्रम कालिका र नेवा गुठी कालिका लगायतका हिन्दुवादी संघसंस्थाले बन्दको आह्वान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>