समाचारमंगलबार, साउन १९, २०७२

एमाओवादीद्वारा संसद् बैठक बहिष्कार

हिमालखबर

प्रमुख प्रतिपक्षी एमाओवादीले दोस्रो दिन पनि व्यवस्थापिका–संसद्को बैठक बहिष्कार गरेको छ ।

सभामुख सुवास नेम्वाङले ‘‘विनियोजन विधेयक, २०७२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने बित्तिकै उक्त दलका प्रभु साहले भूकम्प प्रभावित क्षेत्रका जनतालाई राहत दिन बजेट केन्द्रित गर्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै आपत्ति प्रकट गरे ।

शान्ति सम्झौतासँग जोडिएका कतिपय विषयमा समेत सरकार गम्भीर नभएको, भूकम्प तथा बाढी पहिरोपीडितलाई राहत तथा पुनःस्थापना गर्नेतर्फ कुनै पनि पहल नगरिएको, युवालाई रोजगारी दिनेतर्फ कुनै पहल नभएको र केही समय पहिले सदनको विशेष बैठकले पारित गरेको कार्यसूचीसमेत समावेश नगरिएको उनको भनाइ छ ।

उनले सत्तारुढ दलको महाधिवेशनलाई केन्द्रित गरेर बजेट ल्याइएको, एउटै निर्वाचन क्षेत्रमा दर्जनौँ योजना राखिएको तर अन्य जिल्लामा कुनै पनि बजेट नपारिएको र अपारदर्शी ढङ्गले बजेट परिचालन गरिएको आरोप लगाउँदै बैठक बहिष्कार गरिएको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>