समाचारबुधबार, साउन २०, २०७२
सोमलाल सुवेदी नयाँ मुख्य सचिव
नेपाल सरकारको मुख्य सचिवमा सोमलाल सुवेदी नियुक्त हुने भएका छन् ।
२० साउन विहान बसेको मन्त्रिपरिषदको बैठकले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव सोमलाल सुवेदीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिए ।
३२ वर्षअघि खरिदारबाट निजामति सेवामा प्रवेश गरेका सुवेदी अधिकृत, उपसचिव र सहसचिव समेत खुला प्रतिस्पर्धाबाटै भएका थिए ।
विद्यावारिधि गरेका सुवेदीले अधिकांश समय स्थानीय विकास मन्त्रालयमै विताएका छन् ।
हालका मुख्य सचिव लीलामणि पौडेलको कार्यकाल २२ साउनदेखि सकिंदैछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
