थप समाचारबुधबार, साउन २०, २०७२
कांग्रेस नेता एवम् पूर्व सांसद प्रधानको निधन
नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद सूर्यप्रसाद प्रधानको निधन भएको छ ।
७४ वर्षको उमेरमा २० साउन बिहान लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उनको निधन भएको हो । राति एक्कासि बेहोस भएका प्रधानलाई तत्कालै अस्पताल पुर्याइएको थियो ।
बिहान ६ः१५ बजे निधन भएको लुम्बिनी अञ्चल अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले बताए । १९९७ मा पर्वतको पाङ्मा जन्मिएका प्रधान २०२६ सालमा बुटवलमा बसाइँसराइ गरेपछि यहाँको सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय जीवन बिताए ।
२०१४ मा भद्र अवज्ञा आन्दोलनबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका प्रधान तत्कालीन बुटवल नगरपालिकाको प्रमुख हुँदै २०५६ सालमा प्रतिनिधिसभामा निर्वाचित भए । रुपन्देहीको समग्र विकासमा प्रधानले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
