समाचारबुधबार, साउन २०, २०७२

सीमाकंनसहित प्रदेश संख्या टुंग्याएर भोलि सम्वाद समितिको बैठक बोलाउने तयारी

हिमालखबर

फाइल तस्वीर

फाइल तस्वीर

शीर्ष नेताहरु सम्मिलित विशेष समितिले आजै सीमाकंनसहित प्रदेश संख्या टुंग्याएर भोलि संवैधानिक–राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक बोलाउने तयारी गरेको छ ।

१७ साउनसम्म जनताको सुझाव अध्ययन गरेर प्रतिवेदन तयार पार्न चार दिनको समय पाएको सम्वाद समितिले प्रदेश संख्या टुंग्याएर प्रतिवेदन तयार पार्ने भन्दै तीन दिन बढी समय लिइसकेको छ । १६ बुँदे राजनीतिक सहमति अनुसार ८ प्रदेशको सीमाकंनमा सहमति जुटाउन नसकेपछि विशेष समितिले ६ प्रदेशको विकल्प पनि अघि बढाएको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार ६ प्रदेशको सीमाकंनबारे छलफल भइरहेको छ । ६ प्रदेशको सीमाकंनमा पनि लगभग सहमति जुटिसकेको ती नेताले बताए । तराईमा दुई र पहाडमा चार प्रदेश रहनेगरी अघि बढेको छलफलमा पुर्वका झापा, मोरङ, सुनसरी र पश्चिमको कैलाली र कञ्चनपुरमै कुरा अड्किएको छ ।

एमाओवादी र मधेशी जनाधिकार फोरम लोकतान्त्रिक यी जिल्लाहरुलाई तराईमा राख्नुपर्ने र नेपाली कांग्रेस–एमाले पहाडमा राख्नुपर्ने पुरानै अडानमा रहेका छन् । तर, प्रस्तावित ६ प्रदेशका लागि यी जिल्लाहरुमा कुरा नमिले पनि नेताहरु आजै सीमाकंनसहितको प्रदेश संख्यामा सहमति गर्नतिर लागेका छन् ।

माओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले ६ प्रदेशमा सहमति नजुटेपनि ८ प्रदेशको सहमतिबाट दलहरु पछि नहट्ने बताए । उनले भने, “दुई भन्दा बढी जातिको बहुलतालाई मिलाएर प्रदेश निर्माण गर्नेतिर छलफल चलिरहेको छ ।”

१६ बुँदे राजनीतिक सहमतिमा ८ प्रदेश रहने, सीमाकंन अायाेगबाट र नामाकंन प्रदेशसभाबाट गर्ने उल्लेख छ । तर, मस्याैदामा सीमाकंन टुंग्याएर संविधान जारी गर्नुपर्ने सुझाव अाएपछि दलहरु दबावमा परेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>