समाचारबुधबार, साउन २०, २०७२

एमाले बैठकः १६ बुँदे बटमलाइन

हिमालखबर

नेकपा एमाले १६ बुँदे राजनीतिक सहमतिलाई नै बटमलाइन बनाएर छलफल अघि बढाउने निष्कर्षमा पुगेको छ ।

संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको स्थायी कमिटीको बैठकले दलहरुबीच कायम सहमति भत्कनेगरी अडान नराख्ने निर्णय गरेको छ । एमाले उपमहासचिव घनश्याम भूसालका अनुसार सीमाकंन टुंग्याएर जान उपयुक्त निर्णय लिन सक्ने निर्णय पनि भएको छ ।

भूसालले भने, “उत्तरदक्षिण जोड्ने ५ प्रदेश उपयुक्त हुनसक्छ भन्ने छलफल भयो ।” ६ प्रदेशसहितको संघीयताबारे दलहरुबीच भइरहेको छलफलबारे पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकमा जानकारी गराएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>