थप समाचारबुधबार, साउन २०, २०७२

झापामा खडेरी, खेतमा धाँजा फाट्न थाल्यो

हिमालखबर

dhanja fateko khetसाउनको तेस्रो साता बित्दा झापामा ७५ प्रतिशतमात्र धान रोपार्इं भएको छ ।

झापाका धान रोपाईं हुने ८८ हजार हेक्टर मध्ये हालसम्ममा २३ हजार हेक्टरमा रोपाईं हुन सकेको छैन ।

साउन लागेपछि पानी पर्याप्त नपरेकोले खेतका गरा सुकेर धाँजा फटेको छ । बिउ बुढिँदै गएकोले अब पानी परे पनि रोपिएको धानको उत्पादकत्व घट्ने जिल्ला कृषिविकास कार्यालय झापाले जनाएको छ ।

झापाको कुल धान खेती हुने क्षेत्रमध्ये ३८ हजार ५४० हेक्टर क्षेत्रफलमात्र सिंचाई उपलब्ध छ । करिब पचासहजार हेक्टरमा आकाशे पानीको भरमा खेती हुनेगरेको छ ।

खडेरीका कारण जिल्लाका गौरीगञ्ज, खजुरगाछी, बुधवारे, शनिश्चरे लगायतका क्षेत्रहरु बढी प्रभावित छन ।

धान रोपाईका लागी मुख्य सिजन सकिदै जाँदा खडेरी प्रभावित क्षेत्रका किसानहरुमा निराशा छाएको छ ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>